होटल ब्यवसायीद्धारा ‘सफ्ट लोन’ को माग

काठमाडौं । होटल तथा पर्यटन व्यवसायी संघ बागमती प्रदेशले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेलाई ज्ञापनपत्र बुझाएको छ । प्रदेश अध्यक्ष सन्तोष उप्रेतीको नेतृत्वमा गएको ब्यवसायीहरुले विभिन्न माग सहित मन्त्रीको ध्यानाकर्षण गराएको छ ।

कोभिड–१९ का कारण धरासायी बनेको होटल ब्यवसाय र पर्यटन क्षेत्रलाई उकास्नका लागि राज्यले विशेष ध्यान दिनुपर्ने माग होटल तथा पर्यटन व्यवसायी संघ बागमती प्रदेशको रहेको छ । विभिन्न १७ वटा आफ्ना मागहरु रहेको र त्यस प्रति मन्त्री सकारात्मक रहेको अध्यक्ष उप्रेतीले बताएका छन् । होटल ब्यवसायीलाई राज्यको तर्फबाट ‘सफ्ट लोन’ को ब्यवस्था हुनुपर्ने, दोहोरो कर प्राणाली हटाउनु पर्ने, होटल तथा पर्यटन क्षेत्रलाई दिगो रुपमा बचाई राख्नका लागि विशेष आर्थिक योजना लागू गरिनपर्ने लगायतका माग रहेको छ ।

मन्त्री आलले होटल तथा पर्यटन व्यवसायी संघ बागमती प्रदेश मार्फत् आएका माग तथा गुनासोहरु देशै भरीका होटल तथा पर्यटन ब्यवसायीहरुको रहेको भन्दै आफु त्यस प्रति गम्भिर रहेको बताएका छन् ।

१४ पुष २०७८, बुधबार १७:२६



तपाईको प्रतिक्रिया