नुवाकोटमा ७२ करोड बेरुजु

विदुर । नुवाकोटको बेरुजु रकम ७२ करोड रुपैयाँ भन्दा बढी देखिएको छ ।

महालेखा परीक्षकको उनन्साठिऔँ वार्षिक प्रतिवेदन अनुसार २ नगरपालिका र १० गाउँपालिका गरी १२ स्थानीय तह रहेको नुवाकोटमा आर्थिक वर्ष २०७८/७९ मा ७२ करोड १६ लाख ८८ हजार रुपैयाँ बेरुजु रहेको छ । १२ वटा स्थानीय तह मध्ये तारकेश्वर गाउँपालिकाको सबैभन्दा वढी १३ करोड ९५ लाख ९३ हजार रुपैयाँ बेरुजु देखिएको छ ।

दुई नगरपालिका रहेको नुवाकोटको विदुर नगरपालिकामा २ करोड ५३ लाख ६४ हजार रुपैयाँ, बेल्कोटगढी नगरपालिकामा ८ करोड ५७ लाख ७६ हजार रुपैयाँ बेरुजु रहेको महालेखाले तयार पारेको प्रतिवेदनमा उल्लेख छ ।

ककनी गाँउपालिकामा २ करोड ३ लाख २६ हजार रुपैयाँ, किस्पाङ गाँउपालिकामा ५ करोड १६ लाख ९० हजार रुपैयाँ, तादी गाँउपालिकामा २ करोड २४ लाख ४ हजार रुपैयाँ बेरुजु रहेको छ ।

दुप्चेश्वर गाँउपालिकामा २ करोड ५८ लाख १२ हजार रुपैयाँ, पञ्चकन्या गाँउपालिकामा १ करोड ८५ लाख २८ हजार रुपैयाँ, म्यगाङ गाँउपालिकामा १ करोड ९२ लाख ५२ हजार रुपैयाँ, लिखु गाँउपालिकामा ३ करोड ३६ लाख ७२ हजार रुपैयाँ, शिबपुरी गाँउपालिकामा १ करोड ५५ लाख ९८ हजार रुपैयाँ र सुर्यगढी गाँउपालिकामा ६ करोड २० लाख ३ हजार रुपैयाँ बेरुजु रकम छ ।

महालेखाले स्थानीय तहको आय ब्ययको परिक्षण गर्दा बेरुजु देखिएको हो । बेरुजु देखिएको रकममा आबाश्यक नपुगेका कागजातहरू पुरा गर्ने, कर कट्टि तोकिए अनुसार नभएको, खर्चको बिल भरपाई आबाश्यक अनुसार नभएको लगायत बिवरण तोकेको छ । बेरुजु देखिएको शिर्षक अनुसार स्थानीय तहले बेरुजु फछ्र्यौटको लागी पुनः भुक्तानी भएका बिलझपाईको परिक्षण गर्नुपर्ने छ ।

चार पालिकाले बजेट पेश गरेनन्

विदुर । नुवाकोटको ४ पालिकाले बजेट विवरण पेश गरेका छैनन् । २ नगरपालिका र १० गाँउपालिका रहेको नुवाकोटमा १ नगर पालिका र ३ गाँउपालिकाले विवरण पेश नगरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको वेभ साइटमा उल्लेख छ । गएको आइतवार बिहानसम्म नुवाकोटको ८ स्थानीय तहले मात्रै आर्थिक वर्ष २०७९/८० को लागि ल्याएको बजेट प्रविष्ट गरेका छन् । पालिकाले असार मसान्तभित्र बजेट पारित गरी प्रविष्ट गर्नुपर्नेमा केही पालिकाले अहिलेसम्म पनि विवरण नबुझाएको मन्त्रालयले जनायो ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ७१ को उपदफा (६) मा नगर÷गाउँसभाले असार मसान्तसम्म आउँदो आर्थिक वर्षको बजेट पारित गरिसक्नुपर्ने व्यवस्था छ ।

यो व्यवस्था अनुसार नै बजेट पारित भएको विवरण अनिवार्य रुपमा संघिय मामिला तथा सामान्य प्रसासन मन्त्रालयको पोर्टलमा अध्यावधिक गराउन मन्त्रालयले ताकेता समेत गरेको छ ।

बजेट बिवरण पेश नगर्नेमा नुवाकोटको बेल्कोटगढी नगरपालिका, दुप्चेश्वर गाँउपालिका, पञ्चकन्या गाँउपालिका र किस्पाङ गाँउपालिका छन् ।

संबिधान अनुसार स्थानीय तहले असार १० गते बजेट सभामा पेश गर्नुपर्ने र असार मसान्त भित्र सभाबाट पारित गरि संघिय मामिला तथा सामान्य प्रसासन मन्त्रालयमा पेश गरिसक्नु पर्ने छ । मन्त्रालयमा बजेट बिवरण पेश भैसकेपछि फेरबदल गर्न नपाउने भएकाले स्थानीय तहहरूले बजेट बिवरण पेश नगरेका हुन् ।

गाँउ तथा नगरसभाबाट बजेट पारित भैसकेता पनि नुवाकोटका ४ स्थानीय तहले मन्त्रालयमा बजेट बिवरण नबुझाएका हुन् ।

नुवाकोट जिल्लामा बाँकी रहेका अन्य स्थानीय तहहरूले भने आफ्नो गाँउ सभामा बजेत तथा कार्यक्रम पेश भएको मिति र सभाले पारित गरेको मिति सहित सबै बजेट बिवरण मन्त्रालयमा पेश गरिसकेका छन् ।

२४ श्रावण २०७९, मंगलवार २२:००



तपाईको प्रतिक्रिया