रसुवागढीबाट हुने निर्यात ठप्प

धुञ्चे । कोरोना संक्रमणका कारण बन्द भएको रसुवागढी नाकाबाट पछिल्लो समय सामान्य आयात भइरहे पनि निर्यात भने २०७२ सालको भूकम्पपछि ठप्प बनेको छ । रसुवागढी भएर मैदा, बेसार, खुर्सानी, बाँसको मुडा, कुचो, हस्तकलाजस्ता १८३ प्रकारका सामग्री चीनको ल्हासा, सिगात्से, लगायतका ठाउँमा पुग्ने गरेका थिए । भुकम्पका कारण लामो समय बन्द रहेको रसुवागढी नाका खुलेको केहि महिनामै कोरोना संक्रमणका कारण बन्द थियो ।

नेपाल र चिन बिचमा पटक पटक बार्ता पछी चिनियाँ पक्षले एक तर्फि रुपमा मात्रै रसुवा गढी नाका सञ्चालन गरेको छ । अहिले रसुवागढी नाकामा चिनियाँ कन्टेनरले रसुवागढी नाकाको मितेरी पुल सम्म सामाग्री ल्याउने गरेको छ । नेपाली कामदार र सबारीहरू चिन प्रबेश गर्न पुर्ण रुपमा निषेध गरेको छ ।

कोरोनाका कारण २०७६ पुसदेखि ती सामानको निर्यात ठप्प छ । आर्थिक वर्ष २०७६/७७ मा रसुवागढी नाका हुँदै चीनतर्फ ७३ करोड ३० लाख ३४ हजार मूल्य बराबरको सामान निर्यात भएको रसुवा भन्सार कार्यालयले जनाएको छ । नाका सहज हुँदा महिनामै ४० टनसम्म बेसार र खुर्सानी रसुवागढी हुँदै चीन निर्यात भएको थियो । निर्यातका लागी पठाईएका सामाग्री पनी २९ महिनादेखि केरुङको गोदाममा थन्किएका छन् । करोडौ रुपैयाँका सामाग्री नेपाली ब्यबसायिले चिन तर्फ निकासी गरे पनी चिनियाँ गोदाममा गएर थन्किदा ब्यबसायीलाई ठुलो नोक्सान भएको छ ।

रसुवागढी नाका हुँदै करिब डेढ सय व्यापारीले सामान निर्यात गर्दै आएका थिए । ती व्यापारीले केरुङसम्म पु¥याए पनि पछि त्यहाँ जान नपाउँदा निकासी भएका सामान केरुङको गोदाममै थन्किएको हो । भूकम्प, बाढीपहिरो र कोभिडको बहानामा चीनले स्थल नाकाबाट हुँदै आएको आयात–निर्यात व्यापारलाई निरुत्साहित गर्दै आएको छ । २०७२ को भूकम्पयता रसुवागढी नाका धेरै पटक बन्द हुने र खुल्ने गरेका छन् । कोरोना संक्रमण पछी भने नाकाबाट पुर्ण रुपमा निर्यात बन्द गरेको छ ।

२८ श्रावण २०७९, शनिबार १६:२१



तपाईको प्रतिक्रिया