महासंघको पर्यटन उपाध्यक्षमा उप्रेती

विदुर । होटल व्यवसायी महासंघ नेपालको चौथो महाधिवेशनवाट नुवाकोटका सन्तोष उप्रेती पर्यटन उपाध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन् । साधारण सभाले दिनेशकुमार चुकेको अध्यक्षतामा नयाँ कार्य समिति निर्वाचित गरेको हो ।

महासंघको वरिष्ठ उपाध्यक्षमा शेर बहादुर थापा (शेरु), प्रशासन (संगठन), उपाध्यक्षमा वीरमञ्जन बटाला, पर्यटन उपाध्यक्षमा सन्तोष उप्रेती, उपाध्यक्षमा भाईचन्द्र श्रेष्ठ, मोदनाथ बेलबासे, तीलक बहादुर कार्की, देवी गौतम रविन, महिला उपाध्यक्षमा धनादेवी चोखाल सर्वसम्मत निर्वाचित भएका छन् । चितवनको भरतपुरमा सम्पन्न महाधिवेशनले पदाधिकारीसहित सिंगो कार्यसमिति निर्विरोधरुपमा निर्वाचित गरेको हो । उपाध्यक्ष उप्रेती नुवाकोट उद्योग बाणिज्य संघका द्धितिय उपाध्यक्ष हुन् । साथै उनी होटल तथा पर्यटन ब्यवसायी संघ बागमती प्रदेश अध्यक्ष छन् ।

महासंघको नवनिर्वाचित महासचिवमा तुल्सीराम भण्डारी (शंकर), उपमहासचिवमा राजेश महोत्रा (क्षेत्री), सचिवमा राजु अधिकारी, कलमबहादुर बम, धनेश्वर भण्डारी, ताराप्रसाद आचार्य बाबुराम, जनकबहादुर सिंह, बुद्धिप्रसाद पन्त, नारायणबहादुर सेन वली, मित्रप्रसाद ढकाल, कोषाध्यक्षमा कृष्ण कुमार श्रेष्ठ, सहकोषाध्यक्षमा, सुदिपकुमार श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन् ।

केन्द्रीय सदस्यहरूमा दिपेन सुवेदी, दिलबहादुर खत्री, कृष्णबहादुर कार्की, मोहन थेबे, सन्तोषकुमार थापा क्षेत्री, राजेन्द्रविक्रम शाही, रामप्रसाद पोखरेल, लालबहादुर खत्री, लक्ष्मण बस्याल, रमेशकुमार बराल, गोपी सार्की, राजिव श्रेष्ठ, महोदत्त कँडेल, गोपाल विसी, रुद्रबहादुर डाँगी, श्यामकुमार मण्डल, अजय त्रिपाठी, भीमलाल कँडेल, प्रेमकुमार श्रेष्ठ, मोहनसिंह ठकुरी, राधिका लम्साल, केशबदत्त पाण्डेय, सुरेश पाण्डे, उमा ग्राण्डन, जगदिशचन्द्र भट्ट, पिताम्बर पौडेल, गोपालबहादुर खत्री, लक्ष्मण भण्डारी, हरिप्रसाद गैरे, डम्बरकुमारी श्रेष्ठ, निशादविक्रम बम, सागर बडुवाल, नेत्रलाल वली, भरतकुमार भट्टराई, विकास डीसी, ज्ञानबहादुर गजमेर, टिकाबहादुर रायमाझी, बालकृष्ण खड्का, अर्ज‘न देवकोटा, भिविन्द्र न्यौपाने, सुरेन्द्रलाल श्रेष्ठ, सन्दिपकुमार बस्नेत, प्रदिपकुमार साह, टिकाराम श्रेष्ठ, ज्ञानेन्द्रकुमार ढकाल, कुलबहादुर बस्नेत, महेन्द्र श्रेष्ठ, रचनेन्द्र सिंह थापा, बालकृष्ण पौडेल, नारायणप्रसाद भुसाल, खिमराज पौडेल, सुनिता पन्त, प्रकाश कुँबर, शंकरलाल श्रेष्ठ, हरिशा पाण्डे सर्वसम्मत निर्वाचित भएका छन् ।

लेखा समिति सदस्यहरूमा सुलभ गौली, रवीन लामा, रामशरण अधिकारी (आर एस), रञ्जना कुमारी अर्याल, ईन्द्रबहादुर दहाल सर्वसम्मत निर्वाचित भएका छन् । महासंघमा देशभरका करिब ८० हजार होटेल व्यवसायी आवद्ध ७७ वटै जिल्लाको प्रतिनिधित्व रहेको छ ।

२५ पुष २०७९, सोमबार ०५:४०



तपाईको प्रतिक्रिया