विदुर । कोभिड–१९ (नोबेल कोरोना भाइरस) का कारण औपचारिक पढाईमा बाधा उत्पन्न भएको निक्कै महिना भइसकेको छ । यस क्रममा विद्यार्थीहरुलाई अनौपचारिक शिक्षा तथा गतिविधिहरुमा विद्यालयहरुले वेलावखतमा केन्द्रित गराउदै आएको भए पनि सामाजिक संस्थाहरुको भुमिका कम देखिएको छ ।
सामाजिक संस्थाहरुको भूमिकालाई अहिलेको अवस्थामा प्रभावकारी बनाउनका लागि गैर सरकारी संस्था महासंघ (गैसस) नुवाकोटका अध्यक्ष मीनकुमार केसीले नेतृत्व गरेको एक संस्थाले अनलाईनको माध्यमबाट एक प्रतियोगिताको आयोजना गर्ने भएको छ । ग्रामिण विकास तथा सशक्तिकरण केन्द्र नेपाल रुडेकले अनलाईनको माध्यमबाट नुवाकोटका जिल्लामा वत्तृत्वकला प्रतियोगिताको आयोजना गर्ने भएको छ ।
यस वर्षको अन्तराष्ट्रिय साक्षरता दिवस तथा पुस्तकालय दिवसको अवसर पारेर रुडेकले नुवाकोट जिल्ला स्तरिय एवं अन्तर पालिकाका विद्यालय स्तरिय अनलाईन वत्तृत्वकला प्रतियोगिता गर्ने भएको हो । संस्थाका अध्यक्ष मीनकुमार केसीका अनुसार प्रतियोगिातमा तीन जनालाई पुरस्कृत गरिने छ । पहिलोलाई ल्यापटप र प्रमाणपत्र, दोश्रोलाई ट्याब्लेट र प्रमाण पत्र र तेश्रोलाई एन्ड्रोड मोवाइल र प्रमाणपत्र प्रदान गरिने छ ।
शिक्षा विकास तथा समन्वय ईकाई नुवाकोटको समन्वयमा आयोजना हुन लागेको उक्त प्रतियोगिताले विद्यार्थीहरुको क्षमता विकास र सृजनशिलतालाई निख्खार ल्याउन सघाउने अपेक्षा आयोजक संस्थाले लिएको छ । संस्थाका अध्यक्ष केसीका अनुसार बन्दाबन्दीका कराण बन्द रहेको विद्यालयका कारण स्कुल उमेरका केटाकेटीहरुमा निराशा बढि देखिएको छ । उनीहरुलाई यस्ता रचनात्मक कार्यमा सहभागि गराउदा मनोसामाजिक मद्दत हुने छ ।
वत्तृत्वकला प्रतियोगिताको बारेमा आयोजक संस्थाले नुवाकोट १२ वटै स्थानीय तहमा पुरा विवरण सहित पत्राचार गरिसकेको छ । सहभागि हुन चाहाने विद्यार्थीहरुले गाउँपालिका-नगरपालिका अन्र्तगतको शिक्षा शाखामा सम्पर्क गर्नुपर्ने छ ।
प्रतियोगिताका लागि रुडेकले विषय भने अहिले सार्वजनिक गरेको छैन । प्रतियोगिता अनलाईनबाट सञ्चालन गर्ने मिति तय भएको एक दिन अघि विषय सार्वजनिक गरिने संस्थाका अध्यक्ष मीनकुमार केसीले बताए ।
दुई महिना अघि संस्थाले पञ्चकन्या गाउँपालिकामा आधारभुत तहका शिक्षकहरुलाई अनलाईनबाट शिक्षण विधिको बारेमा तालिम दिएको थियो ।
९ भाद्र २०७७, मंगलवार १६:४८