विदुर । विदुर नगरपालिकाका सबै बिद्यालय सञ्चालन भएका छन् । नगर शिक्षा समितिले सुरक्षा सतर्कता अपनाउदै बिद्यालय सञ्चालन गर्न निर्देशन जारी गरे पछी भौतिक रुपमा बिद्यार्थीहरू सहभागी गराएर कक्षा सञ्चालन सुरु भएको हो ।
नगरपालिका भित्र रहेका सबै निजी तथा सार्बजानिक बिद्यालयहरूले कक्षा सञ्चालन सुरु गरेका छन् । बिद्यालयको भौतिक संरचना र बिद्यार्थी संख्याको आधारमा आलोपालो प्रणाली मार्फत कक्षा सञ्चालन सुरु गरेको विदुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिवाकर चापागाईले बताए ।
कोरोना कहरका कारण ८ महिनादेखि ठप्प भएको शैक्षिक गतिविधि जुर्मुराउन थालेको हो । सरकारले विद्यार्थी सिकाई निर्देशिका २०७७ जारी गरेपछि विद्यालय सञ्चालनमा सहज भएको हो । सिकाई निर्देशिकामा उल्लेख गरिएका मापदण्डमा रहेर पठनपाठन सञ्चालनको निर्देशन दिएसँगै विद्यालय सञ्चालन र ब्यबस्थापनमा जुटेको उनले बताए ।
पठनपाठन सञ्चालन सुरु भएसँगै विद्यालयमा अनुगमन, सुझाव संकलन, सुरक्षा मापदण्ड लगायतका गतिविधि समेत भइरहेका छन् । विद्यालय सञ्चालनको तयारीमा रहेका विद्यालयहरूले विद्यार्थी अभिलेखीकरण, भौतिक संरचना व्यवस्थापन, आवश्यक मापदण्ड निर्माण, कार्ययोजना पेश लगायतका पुर्व तयारीहरू यस अघिनै गरेका थिए । कोरोनाको जोखिम बढेको बिद्यालयहरू पुनः बन्द गर्ने र आबाश्यक कार्यादेश अनुसार बिद्यालयको सञ्चालन वा बन्द गर्ने भन्ने निर्णय लिने उनले बताए ।
विद्यालयमा आवश्यक मापदण्ड निर्धारण गरी नियमित कक्षा सञ्चालन गरिएको हो । विद्यार्थीहरूको सिकाई सहजिकरणका लागि समयतालिका अनुसार विद्यालय सञ्चालन गरिएको बताईएको छ ।
२९ मंसिर २०७७, सोमबार १०:३३