शिक्षकहरूलाई ल्यापटप हस्तान्तरण

मालाकोट । लिखु गाँउपालिका वडा नम्बर ३ मा रहेको गणेशकुण्ड आधारभुत बिद्यालयका ५ जना शिक्षकहरूलाई गाँउपालिकाले ल्यापटप उपलब्ध गराएको छ ।

आधुनिक प्रणालीबाट पठनपाठनको ब्यबस्था गर्नको लागी गाँउपालिकाले ल्यापट उपलब्ध गराएको गाँउपालिकाका अध्यक्ष ध्रुब श्रेष्ठले बताए । बिकासको सुरुवात शिक्षाबाट हुने बताउदै गाँउपालिका अध्यक्ष श्रेष्ठले गाँउपालिका भित्र रहेका सबै बिद्यालयलाई प्रबिधिमैत्री बनाउने अभियान सुरु गरेको बताएका छन् ।

कार्यक्रममा गणेशकुण्ड आधारभुत बिद्यालयका प्रधानाध्यापक दुर्गाराज पाण्डेले बिद्यालयको सञ्चालन तथा ब्यबस्थापन स्थानीय तहमा आएसँगै स्तरउन्नती भएको बताएका छन् । भुकम्पले क्षतबिक्षत भएको बिद्यालयको भवन निर्माण भएसँगै बिद्यालयलाई प्रबिधिमैत्री बनाउदै आधुनिक शिक्षा प्रणाली तर्फ उन्मुख गरेको पाण्डेले बताएका छन् ।

१ माघ २०७७, बिहीबार १२:०८



तपाईको प्रतिक्रिया