सामुदायिक विद्यालयहरुमा टेलिफोन पाठशाला

विदुर । ग्रामीण विकास तथा सशक्तिकरण केन्द्र रुडेक नेपालले नुवाकोट जिल्ला भित्र रहेका ४८ वटा सामुदायिक विद्यालयहरुमा टेलिफोन पाठशाला सुचारु गरेको छ ।

रुम टु रिड नेपालको आर्थिक तथा प्राविधिक सहयोग र रुडेक नेपालको व्यवस्थापनमा नुवाकोटमा सामुदायिक विद्यालयहरुमा एकिकृत साक्षरता कार्यक्रम सञ्चालन गरिएको हो ।

रुम टु रिड र रुडेक नेपालको साझेदारीमा सामुदायिक विद्यालयहरुमा भाषा शिक्षकहरुद्वारा अभिभावकहरुलाई फोनबाट सम्पर्क गरी १ र २ कक्षमा पढ्ने बिद्यार्थीहरुलाई फोन सिकाई सहजिकरण गरि टेलिफोन पाठशाला सुचारु गरेको हो ।

कोरोना भाइरस कोभिड–१९ को दोश्रो लहरको महामारीका कारण विद्यालय बन्द भएको र विद्यार्थीहरु घरमा नै रहेका बेला विद्यार्थीहरुको शिक्षण सिकाइलाई निरन्तरता दिनको लागि रुम टु रिड र रुडेक नेपालको सहजीकरणमा वैकल्पिक सिकाइका माध्यमहरु मार्फत टेलिफोन पाठशाला सुरु गरिएको ग्रामीण विकास तथा शशक्तिकरण केन्द्र नेपालको साक्षरता कार्यक्रम संयोजक फुर्वा घलेले जानकारी दिए ।

कोरोना माहामारीको यस विषम परिस्थितिमा विद्यार्थीहरु शिक्षण सिकाइबाट बन्चित नहुन भनेर रुम टु रिड र रुडेक नेपालको सहजीकरणमा वैकल्पिक सिकाई विधिहरुको खोजीका लागि नुवाकोट जिल्लाको साक्षारता कार्यक्रम लागू भएका ४८ वटा सामुदायिक बिद्यालयका प्रधानाध्यापकहरुसँग अनलाइन बैठक सञ्चालन गरिएको साक्षरता कार्यक्रम संयोजक घलेले बताए ।

यसका साथै, रुडेक नेपालले विद्यार्थीहरुलाई फोन सम्पर्क गरी सिकाई सहजिकरणका लागी साक्षरता कार्याक्रम लागू भएका विद्यालयका भाषा शिक्षकहरुलाई अभिमुखीकरण व्यवस्था गरी फोनबाट विद्यार्थी सिकाई सहजीकरण कार्य सुचारु गरेको छ ।

बन्दाबन्दीको समयमा सिकाइ जहाँ पनि जहिले पनि भन्ने मान्यताका साथ रुम टु रिड र रुडेक नेपालको साझेदारीमा बाल रेडियो कार्याक्रम रेडियो स्कुल नुवाकोट, रुडेक नेपाल फेसबुक पेजमा बाल सिकाई सामाग्रीहरु अपलोड गर्ने र साक्षरता कार्यक्रम सहजकर्ता मार्फत अभिभावकहरुलाई फोन सम्पर्क गरी सिकाई सहजीकरण कार्यक्रम भइरहेको रुडेक नेपालले जानकारी दिएको छ ।

७ असार २०७८, सोमबार १८:००



तपाईको प्रतिक्रिया