‘फुर फुर’ सार्वजनिक

विदुर । नुवाकोट, रसुवा र धादिङ्गमा लोकप्रिय लोकगायक हरिजङ्ग पाण्डेको काठे लोक दोहारी ‘फुर फुर’ म्युजिक भिडिओ सार्वजनिक भएको छ ।

गायक पाण्डे र संगमजङ्ग थापाको शब्द रहेको गीत ‘फुर फुर’को म्युजिक भिडिओ नागबेली मिडिया हाउसको युटुब च्यानलले सार्वजनिक गरेको हो । गीतमा पाण्डे, गंगा ठकुरी र शितल पाण्डेको स्वर छ । दिनेश श्रेष्ठको संगीत रहेको यस गीतको संगीत संयोजक तिलक वलीले गरेका छन् । संगमजङ्ग थापा ‘ओइ गनगन’का लेखक, गायक हुन् ।

नुवाकोटकै गङ्गटे पार्क र भैरवी मन्दिरमा छायाङ्कन गरिएको भिडिओमा राजकुमार त्रिपाठी र निशा भट्टको अभियन छ । म्युजिक भिडिओको निर्देशक गायक हरिजङ्ग पाण्डे नै छन् ।

कोरोना कहरका बिच सुटिङ रोकिएको गितको म्युजिक भिडियो बजारमा आएपछि दर्शक तथा श्रोताले मनपराएको प्रतिक्रृया गायक पाण्डेको रहेको छ । नुवाकोट धादिङ र रसुवामा आयोजना हुने लाइभ लोकदोहोरी कार्यक्रमका रौनक, दर्शक श्रोताका प्रिय पात्र पाण्डेले थुप्रै काठे भाकामा सुमधुर स्वर दिएका छन् ।

१ कार्तिक २०७७, शनिबार १२:१६



तपाईको प्रतिक्रिया