मुस्कान मिस त्रिशुली

विदुर । शनिवार विदुरमा भएको मिस त्रिशुलीको ताज उपाधि विदुर नगरपालिका–१ त्रिशुलीका मुस्कान बज्राचार्यले पहिरिएकी छिन् । आरबी क्राउन एन्ड मेनेजमेन्ट प्रालिको आयोजनामा भएको प्रतियोगितामा भावना थापामगर दोस्रो र भूमिका थापामगर तेश्रो भएका छन् ।

भिवर्स् च्वाइस तथा मिस पपुलरमा उर्मिला तामाङ, मिस पर्सनालिटीमा डोल्मा तामाङ, मिस हेल्दि हेयरमा कविता पौडेल, मिस फोटो ज्यानिकमा रिमा तामाङ र मिस चार्मिंङमा साइरन तामाङले उपाधी प्राप्त गरिन् । प्रतियोगिताको निर्णायकमा कलाकार तथा सञ्चारकर्मी सुरजवीर बज्राचार्य, निर्मल तामाङ, कृतना खतिवडा र सचिन बोगटी रहेका थिए ।

प्रतियोगितामा मिस ललितपुर रिजा शाक्य र मिस नुवाकोट सुरुसा श्रेष्ठको उपस्थिति रहेको थियो । प्रतियोगितामा आठ सुन्दरीको सहभागिता रहेको आयोजक रविन्द्र बज्राचार्यले जानकारी दिएका छन् ।

२४ पुष २०७९, आईतवार १६:०६



तपाईको प्रतिक्रिया