शान्ति समाजको सभापतिमा श्रेष्ठ

विदुर । मानव अधिकार तथा शान्ति समाज नुवाकोटको १२ औं साधारण सभा तथा जिल्ला अधिवेशन शनिवार विदुरमा सम्पन्न भएको छ । नारायण श्रेष्ठको सभापतित्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ ।

नुवाकोट जिल्ला कार्य समितिको उप सभापतिमा नानीकाजी प्याकुरेल, सचिवमा मछिन्द्र खड्का, सह–सचिवमा जानुका अधिकारी दाहाल, कोषाध्यक्षमा सुनिल बज्राचार्य चयन भएका छन् । जिल्ला कार्यसमितिको सदस्यमा निर्वाचित हुनेहरूमा ताराप्रसाद पाठक, कृष्णप्रसाद पुडासैनी, जानुका घिमिरे, रामप्रसाद रिमाल, अर्जुन ढुङ्गेल, बिनिता आचार्य, राजेन्द्रप्रसाद सिलवाल, शम्भुप्रसाद शर्मा, रामप्रसाद रिजाल, रमेश अधिकारी, शर्मिला उप्रेती र मधुसुदन सापकोटा छन् ।

५ माघ २०७७, सोमबार ०६:४४



तपाईको प्रतिक्रिया