२४ घण्टामा ६५ संक्रमित

विदुर । नुवाकोटमा आइतवार मात्रै ६५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा ६५ जना कोरोना संक्रमित थपिएका हुन् । कार्यालयका सूचना अधिकारी उत्तमराज खनालका अनुसार पछिललो २४ घण्टामा १६५ जनाको पिसिआर परिक्षण गर्दा ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यससँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या ३२ सय ८१ पुगेको छ । कोरोनाका सक्रिय संक्रमित १ हजार ४४ जना छन् । त्यस मध्ये ९ सय ४९ जना होम आइसोलेसनमा छन् । ६२ जना अस्पतालमा र ३३ जना आइसोलेसन सेन्टरमा उपचाररत छन् ।

पछिल्लो २४ घण्टामा भेटिएका संक्रमितमध्ये २३ जना तारकेश्वर गाउँपालिकाका, १५ जना विदुर नगरपालिकाका, १३ जना बेलकोटगढी नगरपालिकाका र ७ जना म्यागङ गाउँपालिकाका छन् । पन्चकन्या गाउँपालिकाका ४ जना, किस्पाङ गाउँपालिकाका २ जना र सुर्यगढी गाउँपालिकामा एक जना संक्रमित भेटिएका छन् ।

निको हुने पनि बढ्दै


पछिल्लो २४ घण्टामा २१० जना कोरोनामुक्त भएका छन् । यससँगै जिल्लामा कोरोनामुक्त हुनेको संख्या २२ सय २४ छ । नुवाकोटमा कोरोना संक्रमणबाट २३ जना कोरोना संक्रमितको ज्यान गएको छ । नुवाकोटमा हालसम्म १४ हजार ३०५ जनाको पिसिआर परिक्षण भएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

१७ जेष्ठ २०७८, सोमबार १०:३७



तपाईको प्रतिक्रिया