विदुर । प्रहरीले काठमाडौं महानगरपालिका–१६ माछापोखरी चोकमा प्रहरी गाडी, प्रहरी विट तथा ट्राफिक आइल्याण्ड तोडफोड गरी आगजनी गरेको अभियोगमा नुवाकोटका एक जना सहित ६ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा नुवाकोटका सात जना छन् । पञ्चकन्या गाउँपालिका–३ घर भई काठमाडौं बानियाँटार बस्ने ३० वर्षीय रामहरि भण्डारी, ककनी गाउँपालिका–८ घर भई हाल बालाजु बस्ने १८ वर्षिया सुनिल कालिकोटे, ककनी वडा नंं ७ घर भई बालाजु बस्ने १८ वर्षिया सुदिप तामाङ, सुर्यगढी गाउँपालिका–४ घर भई लोलाङ बस्ने १९ वर्षिया केशर राई, तादी गाउँपालिका घर भई जरंखु बस्ने २४ वर्षिया सुमन तामाङ, शिवपुरी गाउँपालिका–६ घर भई हाल लोलाङ बस्ने ३० वर्षिया रञ्जितकुमार तामाङ छन् । यसै गरी नुवाकोट घर भई माछापोखरी बस्ने २० वर्षिया रवि तामाङ पनि पक्राउ परेका छन् । त्यस्तै, उदयपुर बलमता गाउँपालिका–२ घर भई काठमाडौं तार्केश्वर नगरपालिका–१० मनमैजु बस्ने ४० वर्षीय बिक्रम राई, र लमजुङ वेशीशहर नगरपालिका–५ घर भई काठमाडौं तार्केश्वर नगरपालिका–१० बस्ने २३ वर्षीय विवेक श्रेष्ठ रहेका छन् । यस्तै काभ्रेपलाञ्चोक मानेडाँडा गाउँपालिका घर भई काठमाडौं–१६ बस्ने ३१ वर्षीय राजेश तामाङ, प्युठान कडी गाउँपालिका–१ घर भई काठमाडौं गोंगवु बस्ने १८ वर्षीय किशोर र काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका–२ घर भई काठमाडौं–१६ गंगाहल बस्ने २० वर्षीय आशिष खड्कालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रदर्शनकारीहरूले प्रहरी वृत्त बालाजुको बा२ झ १४४ र बा१ झ ७२२४ नम्बरको गाडीमा आगजनी, माछापोखरीस्थित प्रहरी विटमा ढुङ्गामुढा तथा आगजनी र सोही ठाउँमा रहेको ट्राफिक आईल्याण्डमा समेत तोडफोड तथा आगजनी गरेको घटनामा संलग्न उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।
७ फाल्गुन २०७९, आईतवार ११:३८