सात दिन जावालाखेलमै राखिने

विदुर । सरकारले विदेशबाट उद्धार गरेर आइतवार ल्याएको नागरिकहरुलाई जावलाखेलस्थित होडिङ सेन्टरमै राखिने भएको छ ।

सात दिन त्यहाँ राखेर पिसिआर परिक्षणका लागि स्वाव संकलन भएपछि मात्रै गृह जिल्ला जान दिने निर्णय भएको छ । त्यपछि उनीहरुको बसोवासका लागि आवश्यक सम्पूर्ण व्यवस्था त्यही गरिएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले जानकारी दिए ।

उक्त होल्डिङ सेन्टरमा देशै भरिका २६६ जना छन् । जसमा नुवाकोटका ५ जना छन् । नुवाकोटका नागरिकहरले १८ घण्टादेखि पानी समेत पिउन नपाएको गुनासो गरेपछि उनीहरुको अवस्था बाहिर आएको हो ।

आइतवार साँझ ७ बजे त्रिभिवन अन्त्राष्ट्रिय विमानास्थलमा ओर्लिएकाहरुले सोमवार दिउँसो साढे बजे मात्रै खाना र थप पानी पाएका थिए । १८ घण्टादेखि भोकाएका र तिर्खाएका नागरिकहरुको समाचार खबरपेजले सार्वजनिक गरेको थियो । उनीहरुलाई खानपान र गृह जिल्ला ल्याउने कार्यका लागि नुवाकोटका सांसद हितबहादुर तामाङ, तादी गाउँपालिकाका अध्यक्ष नारायणप्रसाद पाण्डे र नुवाकोटका प्रजिअ ढकाल लागि परेका थिए ।

https://www.khabarpage.com/audio/2020/08/24/1213/

हिजोको ब्रेकिङ्ग न्युज यहाँबाट हेर्नुहोस्

राती देखिनै जावलाखेल स्थित एक होल्डिङ सेन्टरमा राखिएका उनीहरुलाई आफ्नै खर्चमा होटलको क्वारेन्टाइनमा बस्न समेत दवाव दिइएको थियो । उनीहरुले आफ्नो पालिकासंग समन्वय गरेर घर जान चाहिरहेका थिए ।

जावलाखेल होल्डिङ सेन्टरमा कतारबाट आएका २६६ जना नेपालीमा नुवाकोटको पाँच जना छन् । जसमा विदुर नगरपालिका वडा नं. ५ का भोजबहादुर गजुरेल, तादी गाउँपालिका वडा नं. २ का देवेन्द्र तामाङ, किस्पाङ गाउँपालिका वडा नं. २ का शेरबहादुर तामाङ, ककनी गाउँपालिका वडा नं. २ का पदमबहादुर तामाङ र सुर्यगढी गाउँपालिका वडा नं. २ का दीपक नेपाली छन् ।

९ भाद्र २०७७, मंगलवार १४:१६



तपाईको प्रतिक्रिया