उप सभामुखका स्वकिय सचिव संक्रमित

विदुर । बागमती प्रदेश सभाका उप सभामुख राधिका तामाङका स्वकिय सचिव एलिशा थापामा कोभिड–१९ (नोबेल कोरोना भाइरस) को संक्रमण देखिएको छ । तीन दिन अघिदेखि उनी हेटौडामा आफ्नो निवासको आइसोलेसनमा बसेर उपचार गराइरहेका छन् ।

तर आज मात्रै उनले सामाजिक सञ्जालमा आफु संक्रमित भएको आशय सहितको ‘स्टाटस’ राखेपछि सार्वजनिक भएको हो । सुरुमा रुघा, खोकी र ज्वरो देखिएको उनको अहिलको अवस्था सामान्य छ । ‘अहिले एकदम ठिक छु, मेरो स्वास्थ्यमा कुनै समस्या छैन’, थापाले भने– ‘तीन दिन अघि मेरो रिपोर्ट पोजेटिभ आएसंगै सुरक्षित रुपमा बसिरहेको छु ।’

उप सभामुख राधिका तामाङको पछिल्लो पीसिआर परिक्षणको क्रममा उनको पनि स्वाब संकलन गरिएको थियो । सोही स्वाबको नतिजा आउने क्रममा कोभिड–१९ को संक्रमण देखिएको हो । उप सभामुख तामाङ र उनको नौं वर्षिया छोरा केही दिन अघि मात्रै कोरोना मुक्त भएका छन् ।

उप सभामुखका स्वकिय सचिव एलिशा थापा दुप्चेश्वर गाउँपालिका वडा नं. ५ बालकुमारीका हुन् ।

संक्रमितको संख्या ९३, काठमाडौंबाट सम्पर्क विहिन भएका महिला त्रिशुली अस्पतालको आइसोलेसनमा

आज नुवाकोटका अन्य दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । लिखु गाँउपालिका र शिबपुरी गाँउपालिकाबम एक-एक जनामा संक्रमण पुष्टि भएको हो । लिखुको १४ बर्षिय किशोरी र शिबपुरीका एक पुरुषमा संक्रमण भेटिएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

यस्तै, कोरोना संक्रमित भएको पुष्टि भएपछि सम्पर्क बाहिर गएका नुवाकोटका एक महिला सम्पर्कमा आएका छन् । स्वास्थ्य कार्यालयका अनुसार बेलकोटगढी नगरपालिकाका ति महिला काठमाडौंबाट घर आएका थिए । उनलाई त्रिशुली अस्पतालको आईसोलेसनमा राखिएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी उत्तमराज खनालले जानकारी दिएका छन् ।

अब नुवाकोटमा संक्रमितको संख्या ९३ पुगेको छ । जसमध्ये अस्पतालको आईसोलेसनमा १७ जनाको र होम आईसोलेसनमा ४ जनाको उपचार भइरहेको छ । नुवाकोटमा संक्रमण पुष्टि भएका ७२ जना निको भएर घर फर्किएका छन् ।

१७ भाद्र २०७७, बुधबार २१:२७



तपाईको प्रतिक्रिया