नौं जनालाई कोरोना संक्रमण (अडिओ सहित)

नुवाकोट । एकै दिन नुवाकोटमा नौं जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार विदुर नगरपालिकाका २ महिला र ५ पुरुष तथा तारकेश्वर गाउँपालिकाका एक पुरुष र एक महिला संक्रमित भएका छन् ।

स्वास्थ्य कार्यालयका सूचना अधिकारी उत्तमराज खनालका अनुसार विदुर नगरपालिकाका ३० र ६५ वर्षिय महिलामा कोरोना संक्रमण देखिएको हो । विदुर नगरपालिकाकै २०, २४, २८, ३० र ३६ वर्षका पुरुषहरुमा पनि कोरोना संक्रमण देखिएको हो ।

तारकेश्वर गाउँपालिकाका २७ वर्षिय पुरुष र ४० वर्षिय महिलामा कोरोना संक्रमण देखिएको उनले जानकारी दिए । यससँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या १४१ पुगेको छ । जसमा १०८ पुरुष र ३३ महिला छन् ।

यस्तै, पछिल्लो २४ घण्टामा नुवाकोटका दुई कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । विदुर नगरपालिकाका ३३ वर्षिय पुरुष र पञ्चकन्या गाउँपालिकाका २७ वर्षिय महिला कोेरोनामुक्त भएका हुन् । कोरोना निको हुनेको संख्या ११८ छ ।

१६ आश्विन २०७७, शुक्रबार १७:०७



तपाईको प्रतिक्रिया