चार जना संक्रमित थपिए, सबै ‘होम आइसोलेसनमा’

विदुर । नुवाकोटमा फेरि ४ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य मन्त्रालयले आज पुष्टि गरेको छ । यो सँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या १५६ पुगेको छ ।

आज सोमबार थपिएका संक्रमितमा ३ जना पुरुष र १ जना महिला छन् । संक्रमितहरु विदुर नगरपालिकाका ३ जना पुरुष र १ जना महिला बेलकोटगढी नगरपालिकाका छन् ।
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार नुवाकोटमा पुष्टि भएका संक्रमित मध्ये ११९ जना निको भएर घर फर्किएका छन् । बाँकी भने बिभिन्न अस्पतालको आईसोलेसनमा उपचारत छन् ।

स्वास्थ्य प्रमुख सागरप्रसाद घिमिरेका अनुसार त्रिशुली अस्पतालको आइसोलेसनमा १९ जना र खरानीटार अस्पतालमा १ जनाको उपचार भैरहेको छ । आज पुष्टि भएका ४ जना नै ओम आईसोलेसनमा छन् ।

नुवाकोटबाट परिक्षणका लागी संकलन भएको स्वाबमा अझै ५२ जनामो नतिजा आउन बाँकी रहेको स्वास्थ्य कार्यालय नुवाकोटका सूचना अधिकारी उत्तमराज खनालले जानकारी दिए । हालसम्म नुवाकोटमा ४८ सय ३६ जनाको स्वाब संकलन गरि परिक्षणका लागी पठाईएको थियो ।

पछिल्लो समय नुवाकोटमा संक्रमितको संख्या बढ्न थालेको छ । खनालका अनुसार सहज यातायातका पँहुच र काठमाडौंसँग आबतजाबत बाक्लिदा नुवाकोटमा संक्रमण बढेको हो ।

१९ आश्विन २०७७, सोमबार २०:१३



तपाईको प्रतिक्रिया