विदुर । सरकारले दशैंमा काठमाडौंबाट गाउँ जान र गाउँबाट फेरि काठमाडौं आउने काम नगर्न आग्रह गरेको छ ।
परराष्ट्र मन्त्री तथा सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले गाउँ जाँदा र फर्किँदा संक्रमण पनि सँगै जाने भएकाले यसपालि दशैमा ओहोरदोहोर नगर्न आग्रह गरे । काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण अझै उच्च जोखिममा रहेकाले आबतजाबत गर्दा संक्रमण गाँउ गाँउ सम्म पुग्ने जोखिम रहेको बताईएको छ । देशभरिमा थपिने संक्रमितमध्ये आधाभन्दा बढी काठमाडौं उपत्यकाकै रहेका छन् । बाँकी जिल्लाहरुका क्रमश संक्रमण नियन्त्रण हुँदै आईरहेकाले नागरिकहरुले सचेतता अपनाएमा संक्रमण नियन्त्रण हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यस बर्ष दशैमा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरिय समितिले ‘आशिर्वाद जोगाऔं’ भन्ने नारा नै बनाएको छ । हामीले यसपालि अभिभावक जोगायौं भने फेरि फेरि उहाँहरूबाट आशिर्वाद लिन पाउँने भन्दै संक्रमण बोकेर गाँउगाँउ नपुग्न मन्त्रालयले आग्रह गरेको छ ।
२१ आश्विन २०७७, बुधबार १९:३०