खाली गरिदै सामुदायिक विद्यालय

आजै ककनीमा चार जना थपिए

विदुर । आजपनि नुवाकोटमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या १६१ पुगेको छ ।

सक्रिय संक्रमितको संख्या बढिरहेता पनि नुवाकोटमा रहेका क्वारेनटाईनहरु भने हटाउन थालिएको छ । कोरोना संक्रमण सुरु भएसँगै जिल्ला भित्र रहेका ५५ वटा संस्थागत क्वारेनटाईनलाई घटाएर ३० वटामा झारिएको छ । १२०७ वटा बेड रहेको नुवाकोटमा क्ववारेटाईन निर्माण भएको थियो । अहिले त्यसलाई घटाएर ५०७ मा ल्याइपु-याइएको छ । सामुदायिक बिद्यालयहरुमा निर्माण भएको क्वारेनटाईनहरु क्रमश हटाउदै लगिएको हो । अहिले नुवाकोटका सबै स्थानिय तहले १०/१० बेडको आईसोलेसन समेत तयार गरिसकेका छन् ।

बुधवार पुष्टि भएका सबै संक्रमितहरु ककनी गाँउपालिकाका छन् । चारै जना होम आईसोलेसनमा रहेका ब्यबक्तिहरु रहेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । अहिलेसम्म नुवाकोटमा सक्रिय संक्रमितको संख्या ४२ जना रहेको छ ।

२४ जनाको त्रिशुली अस्पताल नुवाकोटमा उपचार भैरहेको छ । १ जनाको खरानीटार अस्पतालमा उपचार भैरहेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । ५ जनाको काठमाडौंको विभिन्न अस्पतालमा उपचार भैरहेको छ । १२ जनाको होम आईसोलेसनमै उपचार भइरहेको बसिरहेको स्वास्थ्य कार्यालयका प्रमुख सागरप्रसाद घिमिरेले जानकारी दिए ।

कुल १६१ संक्रमितमध्ये १२१ जना पुरुष र ४० जना महिला रहेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । नुवाकोटको ५ हजार १८ जनाको स्वाव संकलन हुँदा ३ हजार ८ सय ४३ पुरुष र एक हजार एकसय ७५ जना महिलाको पिसिआर परिक्षण भएको छ ।

नुवाकोटमा रहेका १६१ जना कोरोना संक्रमितमध्ये ११९ जना निको भएर घर फर्किएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । हाल नुवाकोटको विभिन्न अस्पतालको आइसोलेसन वार्डमा २५ जना कोरोना संक्रमित विरामी उपचाररत रहेको स्वास्थ्य कार्यालय नुवाकोटका सुचना अधिकारी उत्तमराज खनालले जानकारी दिए ।

अहिले सम्मकै उच्च बिन्दुमा

नेपालमा अहिले सम्मकै उच्च बिन्दुमा कोरोना संक्रमित थपिएका छन् । बुधवार मात्रै ३४ सय ३९ जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १४ हजार २०९ नमुना परीक्षण गर्दा १२ सय ६१ महिला र २१ सय ७८ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ९४ हजार २५३ पुगेको छ ।

उनीहरुमध्ये ५७८ जनाको मृत्यु भएको छ भने ६८ हजार ६६८ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ११ सय २६ जना संक्रमणमुक्त भएका छन् । देशभर २५ हजार ७ संक्रिय संक्रमित छ । १४ हजार ४ सय ११ होम र १० हजार ५९६ जना संस्थागत आइसोलेसनमा छन् । उनीहरुमध्ये २३३ जनाको आईसीयू र ३७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

२१ आश्विन २०७७, बुधबार २०:२९



तपाईको प्रतिक्रिया