ब्यबसायीमाथी सिडिओको ज्यादती : संघ

विदुर । बिक्रि बिल जारी नगरेकै कारण मेडिकल तथा फार्मेसीलाई २ लाख रुपैयाँको जरिवाना तोक्नु ब्यबसायीमाथी ज्यादती भएको औषधि ब्यबसायी संघ नुवाकोटले जनाएको छ ।

नुवाकोटका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालको नियोजित योजना अनुसारनै ब्यबसायीहरुलाई दुःख दिन उद्देश्यले अनुगमनको नाममा ठुलो जरिवाना तोकेको औषधि ब्यबसायी संघ नुवाकोटका अध्यक्ष टलकमान श्रेष्ठले बताए । औषधि बिक्रि गर्दा बिल जारी नभएको उल्लेख गर्दै प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालकै अग्रसरतामा पाँच वटा औषधि पसललाई २/२ लाख रुपैयाँ जरिवाना गर्नु राम्रो नियत नरहेको श्रेष्ठले आरोप छ ।

टलकमान श्रेष्ठ

‘औषधि पसलको अनुगमनमा सबै ठिक दुरुस्त पाइएपछि कुन बहानामा दुःख दिने र वातावरण आतंकित पार्ने भन्ने सिडिओको योजनानै रहेको देखिन्छ’ श्रेष्ठले भने ।

सामान्य त्रुटिमा पनि प्रशासन कडा रुपमा प्रस्तुत भएको संघको निष्कर्ष छ । बिक्रि बिजक जारी नगर्दा सेवाग्राहीमा समस्या नपर्ने र बिल आबाश्यक पर्नेहरुलाई जारी गर्ने गरेको संघले बताएको छ ।

औषधि व्यवस्था विभाग काठमाडौं र जिल्ला प्रशासन कार्यालय नुवाकोटको संयुक्त टोलीले ५ वटा मेडिकल तथा फार्मेसीलाई २/२ लाख रुपैयाँ जरिवाना तोकेको छ ।

विदुर नगरपालिका क्षेत्रभित्रका सापकोटा मेडिकल हल बट्टार, सम्मान मेडिकल हल बट्टार, बट्टार पोलिक्लिनिक तथा अञ्जना मेडिकल हल, विदुर फार्मेसी बट्टार र समिर फर्मेसी ढुङ्गे गरी ५ वटा औषधि पसललाई बिक्री बिल बिजक जारी नगरी औषधि बिक्री गरेको आरोपमा २ लाख रुपैयाँ जरिवाना तोकेको हो ।

औषधि बिक्रि बिल बिजक जारी नभएको भन्दै उपभोक्ता हित संरक्षण ऐन २०७५ बमोजिम ५ वटा फार्मेसी तथा मेडिकल हललाई २ लाख जरिवाना तोकी ७ दिनभित्र जरिवाना रकम बैंक दाखिला गरी बैंक दाखिलाको एक प्रति जिल्ला प्रशासन कार्यालय नुवाकोटमा बुझाउन निर्देशन दिएको छ ।

उता, तादी गाउँपालिका क्षेत्रभित्रको खरानीटार बजारमा अनुगमन गर्दा वडा नम्बर ३ मा रहेका तादी फर्मा र दुप्चेश्वर फार्मेसी गरी २ वटा औषधी पसलहरुमा खरिद बिल नभएको भन्दै १०÷१० हजार रुपैयाँ जरिवाना तोकेको छ ।

म्यागङग गाँउपालिकामा सञ्चालित २ वटा मेडिकल तथा फार्मेसी भने शिलबन्दी गरेको छ । वडा नं. ३ मा रहेको छाँयानाथ मेडिकल हल र देउराली फार्मेसी हल दर्ता नभई मापदण्ड विपरित सञ्चालनमा रहेकोले शिलबन्दी भएको हो ।

२४ आश्विन २०७७, शनिबार १२:५९



तपाईको प्रतिक्रिया