सात जना संक्रमित थपिए

विदुर । नुवाकोटमा फेरि ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ७८ जनाको स्वाब परिक्षण गर्दा ७ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या ८५७ पुगेको छ । यससँगै पछिल्लो २४ घण्टामा ३ जना निको भएर घर फर्किका छन् । अहिलेसम्म नुवाकोटमा ६१९ जनाले कोरोना जितेर घर फर्किको स्वास्थ्य कार्यालय नुवाकोटका सूचना अधिकारी उत्तमराज खनालले जानकारी दिएका छन् ।

पछिल्लो २४ घण्टामा थपिएका संक्रमित मध्ये विदुर नगरपालिकाका ३ जना, ककनी गाँउपालिकाका १ जना, किस्पाङ गाँउपालिकाका २ जना र म्यागङ गाँउपालिकाका १ जना छन् । अहिले त्रिशुली अस्पताल नुवाकोटको आईसोलेसनमा ७ जना र होम आईसोलेसनमा २३० जना छन् ।

विदुर नगरपालिकामा ५०३ जना कोरोना संक्रमित रहेकोमा १८१ ज्ना आइसोलेसनमा छन् । बेलकोटगढी नगरपालिकाका ७३ जनामा संक्रमण पुष्टि भएकोमा १७ जना आईसोलेसनमा छन् । ककनी गाँउपालिकामा २८ जना संक्रमित भेटिका थिए । जसमा ३ जना अहिले होम आईसोलेसनमा रहेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

सुर्यगढी गाँउपालिकामा ५९ जनामा संक्रमण पुष्टि भएको थियो । ५ जना अहिलेपनि होम आईसोलेसनमै छन् । लिखु गाँउपालिकामा २१ जनामा संक्रमण पुष्टि भएको छ । भने ५ जना अहिले पनि आईसोलेसनमै छन् । शिबपुरी गाँउपालिकामा २९ जनामा संक्रमण पुष्टि भएकोमा अहिले सबैमा निको भैसकेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । पञ्चकन्या, दुप्चेश्वर र तादी गाँउपालिकामा सक्रिय संक्रमितको संख्या १÷१ जना रहेका छन् ।

किस्पाङ गाँउपालिकामा २५ जनामा संक्रमण पुष्टि भएकोमा ६ जना मात्रै शक्रिय संक्रमित रहेको बताईएको छ । म्यागङ गाँउपालिकाको ६ जना र तारकेश्वर गाँउपालिकाको ११ जना अहिले पनि संक्रमित रहेका छन् । नुवाकोटको स्थानिय तहहरुको तथ्याङ्क हेर्दा अहिले शिबपुरी गाँउपालिकामा कोरोना रहित देखिएको छ । पुष्टि भएका सबै संक्रमितहरुमा संक्रमण निको भैसकेको छ । सबै भन्दा धेरै विदुर नगरपालिकामा संक्रमण्ण पुष्टि भएको थियो जसमा अहिले पनि १८१ जना सक्रिय संक्रमित रहेका छन् ।

जिल्लाभर ७ हजार ७४० जनाको स्वाब परिक्षण गर्दा ८५७ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो समय स्थानिय तहले संकलन गरेका स्वाबहरुको त्रिशुली अस्पतालमा रहेको पिसिआर प्रयोगशालामा परिक्षण हुँदै आएको छ ।

१९ मंसिर २०७७, शुक्रबार १०:४१



तपाईको प्रतिक्रिया