कोभिसिल्ड दुई सातामा ल्याउने दावी

नुवाकोट । कोभाक्स सुविधा अन्तर्गत कोभिड–१९ विरुद्धको खोप दुई साताभित्र ल्याउने गरी तयारी भइरहेको सरकारी अधिकारीहरूले दाबी गरेका छन् ।

उक्त खोप आइपुगे कोभिसिल्डको पहिलो मात्रा लगाइसकेका १३ लाख ६४ हजार ७०१ ज्येष्ठ नागरिकलाई लगाइनेछ । कोभाक्स अन्तर्गत गत मे महिनामै १९ लाख २० हजार मात्रा खोप पाउनुपर्ने भए पनि विश्वमै देखिएको अभावले गर्दा उक्त समयसीमा टरेको हो । जुन अन्तिमसम्म कोभाक्स सुविधाको खोप पाउने जानकारी आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोभाक्स अन्तर्गत हालसम्म ३ लाख ४८ हजार मात्रा कोभिसिल्ड आइसकेको छ ।

कोभिसिल्डको विकल्पका रूपमा अस्ट्राजेनेकाको बेलायत, कोरिया, डेनमार्कर्लगायत मुलुकमा उत्पादित खोप कति मात्रामा पाउने हो भन्ने जानकारी जुन अन्तसम्म दिइने भनिएको छ ।

अक्सफोर्ड–अस्ट्रा जेनेका द्वारा विकसित ‘एजेड डी १२ २२’ खोपलाई सिरम इन्स्टिच्युट अफ इन्डियाले कोभिसिल्ड नाममा उत्पादन गर्ने गरेको छ । कोभाक्स अन्तर्गत ३ लाख ४८ हजार मात्रा, भारतीय अनुदान ११ लाख र खरिदबाट १० लाख गरी २४ लाख ४८ हजार मात्रा कोभिसिल्ड खोप नेपालमा भित्रिइसकेको छ ।

५ असार २०७८, शनिबार १६:४६



तपाईको प्रतिक्रिया