प्रदेश सरकारको योजनामा त्रिशुली अस्पताल

त्रिशुली । बाग्मती प्रदेश आन्तरिक मामिला तथा कानुन मनित्र केशबराज पाण्डेले नुवाकोटको त्रिशुली अस्पताललाई नमुना अस्पतालको रुपमा बिकास गर्न प्रदेश सरकारले योजना बनाएको बताएका छन् ।

नुवाकोटको १२ वटै स्थानीय तहहरुलाई स्वास्थ्य सामाग्री उपलब्ध गराउदै मन्त्रि पाण्डेले नुवाकोट, रसुवा र धादिङ गरि तीन जिल्लाका नागरिकहरुलाई उपचार सेवा उपलब्ध गराउदै आएको अस्पताललाई प्रदेश सरकारले उच्च प्राथमितामा राखेको बताए । हाल ५० बेड रहेको त्रिशुली अस्पताललाई यस अघिनै एक सय बेडको बनाउने निर्णय भएकाले त्यसको कार्यान्वयनको लागी बजेट ब्यबस्था भएको उनले बताए ।

कोरोना संक्रमणको उपचार तथा रोकथाममा त्रिशुली अस्पताल बाग्मती प्रदेशमै नमुनाको रुपमा रहेको उनको भनाई छ । ५० बेडको अस्पताल भएतापनि अहिले १३० बेडमा सञ्चालित अस्पतालमा आबाश्यक जनशक्ति ब्यबस्थापन प्रदेश सरकारले गर्ने उनले बताएका छन् ।

५ असार २०७८, शनिबार १६:५५



तपाईको प्रतिक्रिया