त्रिशुली अस्पतालमा आईसियु नै आईसियु

त्रिशुली । त्रिशुली अस्पताल नुवाकोटले कोरोना संक्रमितहरुको उपचारमा सहजता ल्याउन ‘आईसियु’ कक्षको बिस्तार गरेको छ ।

अस्पतालमा अहिले ७ वटा ‘भेन्टिलेटर’, १२ कक्षको आईसियु र ८ कक्षको ‘हाई कियर युनिट’को ब्यबस्थापन गरेको छ । नुवाकोट, रसुवा र धादिङका नागरिकहरुको बढी उपचार हुँदै आएको त्रिशुली अस्पतालले २० कक्षको आर्यसियु सेवा उपलब्ध गराउन थालेको हो ।

बिभिन्न संघ संस्था, सहकारी र ब्यक्तिहरुले उपलब्ध गराएको आईसियु बेडलाई ब्यबस्थित गर्दै सञ्चालनमा ल्याएको त्रिशुली अस्पताल नुवाकोटमा मेडिकल सुपरिटेण्डेन डन. दिपेन्द्र पोण्डेले बताए ।

हाल त्रिशुली अस्पताल नुवाकोटले ८० कक्षको आईसोलेसन सेन्टर सञ्चालन गर्दै आएको छ । ५० बेडको स्किृती रहेको त्रिशुली अस्पतालमा रहेको सिमित श्रोत तथा साधनहरुको अधिकतम उपयोग गर्दै ५० बेडको ईमर्जेन्सी सेवा र ८० बेडको आईसोलेसन सेवा प्रबाह गर्दै आएको छ । त्रिशुली अस्पतालले आन्तरिक रुपमा चिकित्सकदेखि उपकरणहरुको ब्यबस्थापन गर्दै ठुलो संख्यामा स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको डा. पाण्डेले बताए । अहिले दैनिक भर्ना भएर अस्पतालबाट ४० भन्दा बढी नागरिकहरुले सेवा लिईरहेका छन् । ४४ जना कोरोना सक्रंमितहरुको उपचार गर्दै आएको छ ।

त्रिशुली अस्पातलमा निःशुल्क मिर्गौला डायलसिस सेवा


त्रिशुली । नुवाकोटको त्रिशुली अस्पतालमा निःशुल्क मिर्गौला डायलसिस सेवा सञ्चालन हुने भएको छ । वाग्मती प्रदेश सरकारले आव २०७८/७९ को वार्षिक बजेटमार्फत रकम सुनिश्चित गरेकोले उक्त सेवा सञ्चालन हुने पक्का भएको हो ।

नुवाकोटबाट निर्वाचित संघ र प्रदेश सभाका सांसदहरुको विशेष मागबमोजिम उक्त सेवा संचालन गर्न प्रदेश सरकारले बजेटको व्यवस्था गरेको हो । नुवाकोट, रसुवा र पूर्वी उत्तर धादिङका जनताले प्रत्यक्ष सेवा लिने उक्त अस्पतालमा जनप्रतिनिधिहरुकै पहलमा चालु आर्थिक वर्षमा भेन्टिलेटरसहितको आईसीयु सेवा र पीसीआर परीक्षण सेवा संचालनमा आइसकेका छन् । अरु थुप्रै आवश्यक्ताहरु भए तापनि तत्काल प्रमुख सेवाहरु पूरा गर्दै गएको वाग्मती प्रदेशका उपसभामुख एवं नुवाकोट प्रदेश सांसद राधिका तामाङले बताए । उनका अनुसार अर्को आवश्यकता सिटी स्क्यान सेवा रहेको छ । त्यसका लागि उपसभामुख तामाङले पहल गरिरहेको बताएका छन् । नुवाकोट, रसुवा र धादिङका जनतालाई स्वास्थ्य सेवा प्रवाह गर्नुका साथै राजधानी काठमाडौंमा हुने चापलाई समेत घटाउने काम त्रिशुली अस्पतालले गरेको भन्दै उपसभामुख तामाङले यस अस्पतालको विकास र स्तरोन्नतीमा विशेष पहल गरिरहेको बताए ।

अरु सबै काम त्रिशुली अस्पतालमै भएर पनी सिटी स्क्यानको लागि मात्र काठमाडौं जानु पर्दा बिरामीले धेरै दुःख झेल्नु परेको त्रिशुली अस्पताल नुवाकोटले जनाएको छ । त्रिशुली अस्पतालले प्रसूति, बालरोग, हाडजोर्नी, सर्जरी, दन्त, फिजियोथेरापी लगायतका विशेषज्ञ सेवासहित स्वास्थ्य सेवा सञ्चालन गर्दै आइरहेको छ । यस्तै, ५० शैयाको त्रिशुली अस्पतालमा २० कक्षको आईशियु सेवा बिसतार भएको छ । कोरोना संक्रमितहरुको उपचारमा सहजता ल्याउन अस्पतालले २० कक्षको आईशियु सेवा बिसतार गरेको अस्पताल बिकास समितिले जनाएको छ ।

कोरोना संक्रमणको तेश्रो लहर समेत आउन सक्ने भन्दै बालबालीकाहरुको लागी छुट्टै १० शैयाको आर्यशियु समेत निर्माण गर्ने तयारीमा त्रिशुली अस्पताल रहेको छ । कोरोना संक्रमणको तेश्रो लहरले बालबालीकामा प्रभाब पार्ने अध्ययन सँगै अस्पतालले आबाश्यक तयारी सुरु गरेको हो । बालबालीकाहरुश्रको उपचारको लागी आबाश्यक पर्ने छुट्टै आर्यशियुको ब्यबस्था गर्न अस्पताल जुटेको त्रिशुली अस्पताल नुवाकोटले जनाएको छ ।

५ असार २०७८, शनिबार १९:३०



तपाईको प्रतिक्रिया