त्रिशुली । नुवाकोट बन पैदवार तथा काष्ठ ब्यबसायी संघले त्रिशुली अस्पताललाई स्वास्थ्य सामाग्री र पानी बितरण गर्ने उपकरण उपलब्ध गराएको छ ।
कोरोना संक्रमणबाट प्रभाबित नागरिकहरु र स्वास्थ्यकर्मीहरुलाई सहयोग गर्ने उद्देश्यले संघले मास्क, स्यानिटाईजर, ग्लोब्स र पानी बितरण गर्ने तीन वटा डिस्पेन्सन उपलब्ध गराएको हो । सामाग्री हस्तान्तरण गर्दै नुवाकोट बन पैदवार तथा काष्ठ ब्यबसायी संघका अध्यक्ष मुक्तबहादुर बोगटीले संक्रमितहरुको उपचारमा सक्रिय चिकित्सक तथा संक्रमितहरुलाई सहज बनाउन सामाग्री उपलब्ध गराएको बताए । साथै, संक्रमणका कारण मृत्यु भएका ब्यक्तिहरुको दाहसंस्कारको लागी समेत संघले आबाश्यक दाउरा सुरु देखिनै निःशुल्क उपलब्ध गराउँदै आएको उनले बताएका छन् ।
कार्यक्रममा डिभिजन बन कार्यालय नुवाकोटका प्रमुख प्रेमप्रसाद सापकोटाले सबैको सहजिकरणले नै संक्रमण बिरुद्धको लडाई जित्न सक्ने बताए । सबै क्षेत्रको ससानो सहयोगले नै कोरोना संक्रमितहरुको उपचारमा त्रिशुली अस्पतालले उत्कृष्ट नतिजा निकाल्दै आएको उनको भनाई रहेको छ ।
कार्यक्रममा त्रिशुली अस्पताल नुवाकोटका मेडिकल सुपरिटेण्डन डा. दिपेन्द्र पाण्डेले बन पैदवार तथा काष्ठ ब्यबसायी संघबाट उपलब्ध सहयोग अपरिहार्य रहेको बताए । अस्पतालमा रहेका स्वास्थ्यकर्मी र संक्रमितहरुको लागी अत्याबश्यक रहेको खानेपानी तिबरण गर्ने डिस्पेन्सनले बिरामी र स्वास्थ्यकर्मीलाई सहज हुने बताएका छन् ।
५ असार २०७८, शनिबार १९:३८