सामुहिक बलत्कार पछि लुटपाट गर्ने जेल चलान

विदुर । सामुहिक बलत्कार र त्यसपछि लुटपाट गरेको अभियोगमा पक्राउ परेका दुई जनालाई जिल्ला अदालत नुवाकोटले पुर्पक्षको लागि कारागार पठाएको छ । नुवाकोटको शिवपुरी गाउँपालिका वडा नं. ५ का रमेश पाख्रिन तामाङ र लिखु गाउँपालिका वडा नं. १ का भुपेश घले हिजो कारागार चलान भएका हुन् ।


जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार उनीहरु साउन २२ गते काठमााडौंबाट पक्राउ परेका थिए । उनीहरुले गएको चैत २६ गते शिवपुरी गाउँपालिकामा एक महिलालाई राती सुतिरहेको समयमा उनकै घरमा बलत्कार गरेका थिए । सामुहिक बलत्कार पछि फरार रहेका उनहिरलाई बुढानिलकण्ठबाट पक्राउ गरी प्रहरीले जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । महिलाको बलत्कारपछि उनको घरमा रहेको मोवाइल र नगद समेत ति दुई जनाले लिएर भागेका थिए ।

२६ श्रावण २०७७, सोमबार १५:३९



तपाईको प्रतिक्रिया