विदुर । नगरपालिकाका प्रमुख सञ्जु पण्डित योजनामा प्रत्यक्ष निरिक्षणमा पुग्न थालेका छन् । विदुर नगरपालिकाका सवै भित्रि सडकहरु कालोपत्रे गर्ने अभियान अन्तर्गत धमाधम कालोपत्रे काम सुरु भएको स्थानहरुमा नगर प्रमुख आफै आनुगमनमा जान थालेका हुन् ।
नगरपालिकाले बिनियोजन गरेको बजेट र प्रदेश संघसंगको साझेदारीमा स्तरउन्नती भेरहेका योजनाहरुको प्रत्यक्ष अनुगमनको लागी नगर प्रमुख पण्डित आफै पुग्ने गरेका हुन् । गुणस्तरिय काम हुन छाडेको र निर्माण पक्षले आलटाल गर्न थालेको नागरिकहरुबाट गुनासो नगरपालिकामा आउन थाले पछि नगरप्रमुख पण्डित आफै आयोजनाको अनुगमनमा जान थालेको बताइएको छ ।
विदुर नगरपालिका न ४ स्थित युनाइटेड आधारभुत बिद्यालयदेखि बट्टार क्याम्पसचौरसम्मको सडकमा कालोपत्रे तथा नालि निर्माणको काम तिव्र गतिमा भैरहेको छ । विदुर नगरपालिकाका मेयर सन्जु पण्डित आफै योजनाको निरिक्षण र अनुगमनका निमित्त कार्यस्थलमै पुगेका छन् । त्यसैगरी वडा अध्यक्ष टलकंमान श्रेष्ठ पनि जनताका समस्या र आवश्यक्तालाई प्राथमिकताका आधारमा बजेट विनियोजन तथा निर्माण गरिने उनले बताए ।
१९ मंसिर २०७७, शुक्रबार ०९:४२