१४ हजार फिट उचाईमा रहेको नौकुण्ड ओझेलमा

बेत्रावती । रसुवा जिल्लाको करिव १४ हजार फिटको उचाईमा अवस्थित नेपालको वाग्मती प्रदेशमा पर्ने पर्यटकीय तथा धार्मिक क्षेत्र नौकुण्ड ओझेलमा परेको छ ।

लाङटाङ राष्ट्रिय निकुन्ज भित्र रहेको यस कुण्ड वरिपरि विभिन्न कुण्डहरू रहेका छन् । लम्बे कुण्ड, नागकुण्ड, राजारानी कुण्ड, छेडा कुण्ड, एक्ले कुण्ड, कामी कमिनि कुण्ड र अन्य दुई कुण्ड को पेरिफेरो लाई परिचित छ तर नौकुण्ड भने कम मानिसहरूलाई थाहा छ । यसै कुण्डबाट गाउँपालिकाको समेत नामबरण गरिएको छ ।

रसुवा जिल्लामा अवस्थित नौकुण्ड जानको विभिन्न पदर्मागहरू रहेका छन् । कालिका गाउँपालिकामा पर्ने पासाङल्हामु राजर्मागको कालिकास्थानबाट जिवजिवे, ज्यङलाङ, लोकिल, बक्सार परालथला हुदै नौकुण्ड पुग्न सकिने मार्ग एउटा हो । नुवाकोटको विदुरबाट चोकदे, लच्याङ, सरमथली, पारच्याङ, लारच्याङ, यार्सा, सिम्बन्दी शर्मा, बकसार र परालथला हुदै नौकुण्ड जाने अर्को पदर्माग रहेको छ ।

यस्तै, काठमाण्डौ बुढानिलकण्ठबाट र नुवाकोट दुप्चेश्वरबाट सागरकुण्ड हुँदै यस क्षेत्रमा प्रवेश गर्न सकिन्छ । सुन्दरीजल वा मेलम्चीबाट ठाडेपाटी घोप्टेफेदि सुर्यकुण्ड गोसाइकुण्ड भैरवकुण्ड हुदै पनि यस क्षेत्रमा पुगि रसुवाको सदरमुकाम धुन्चेबाट पनि नौकुण्ड जान जान सकिन्छ ।

कोहि कसैको चासो र नौकुण्ड पनि धार्मिक तथा पर्यटकिय स्थल हो भन्ने कुरा को गाउँपालिकाले चासो दिएर लागी परेको छ । उचित प्रचार प्रसारको कमिका कारण ओझेलमा छ । कुण्डै कुण्ड मठ मन्दिरको जिल्ला नौकुण्ड भित्र धेरै घुम्न लगाएतका ठाउँहरू रहेका छन् । जसले यस पालिकालाई चिनाएको छ । तर प्रचार प्रसारको अभाबमा गाँउमै सिमत भैरहेका छन् ।

मिश्रित जातजाति भएको त्यस ठाउँमा अनेकातामा एकता रहेको छ । आन्तरिक तथा बाहय पर्यटकका लागी उत्कृष्ट गन्तव्यको रुपमा रहेको लम्बे कुण्ड लगाएतका नौकुण्ड यसै गाउँपालिका भित्र पर्दछन् । नेपालकै शान र यस गाउँपालिका को मानको रुपमा नै रहेकोले सबैबाट परिरचित गराउन जरुरी छ ।

धार्मिक हिसाबले महत्वपुर्ण जिल्ला रसुवामा पाइलै पिच्छे यस्ता कुण्ड र धार्मिक मठमन्दिर देख्न सकिन्छ । ओझेलमा परेकाले त्यस ठाउँ पुग्न कोहि चाहदैनन् । तर आज भोलि भने गाउँपालिकाले चासो दिएर आफ्नो ठाउँ यस्तो छ है भनेर प्रचारमा लागी परेको छ ।

नौकुण्ड गाउँपालिकाका उपाध्यक्ष सृजना लामा नौकुण्डको प्रचारप्रसार देखि आन्तरिक एवं बाह्य पर्यटक भित्र्याउन लागी परिरहेको बताउछन् । गाँउपालिकाले गुरुयोजना बनाएर नौकुण्ड पुग्ने पदमार्गको स्तरउन्नती तथा मर्मत सम्भार गर्ने लगायतका काममा शक्रियता देखाएको छ ।

२२ मंसिर २०७७, सोमबार ११:४२



तपाईको प्रतिक्रिया