पाण्डे दोश्रो पटक सगरमाथामा

विदुर । त्रिभुवन त्रिशुली माध्यामिक विद्यालयको झण्डा सर्वोच्च शिखर सगरमाथामा फहराएको छ । पर्वतारोही विवेक पाण्डेले आफुले अध्ययन गरेको विद्यालयको झण्डा सर्वोच्च शिखर सगरमाथामा फहराएको विद्यालयका सहायक प्रधानाध्यापक राजेन्द्र दवाडीले जानकारी दिएका छन् ।

उनले विद्यालयको लोगो, नाम र ठेगानासहितको ‘माउण्ट एभेरेष्ट समिट वि.सं. २०७८’ अंकित विद्यालयको झण्डा फहाराएका हुन् । विदुर नगरपालिका वडा नम्बर १० गेर्खुटारका पाण्डेले २०५१ सालमा त्रिभुवन त्रिशुली माविबाट एसएलसी दिएका थिए ।

पाण्डे यस अघि पनि सगरमाथोको चुचुरोमा पुगिसेका थिए । यो उनाको दोश्रो सगरमाथा यात्रा हो ।

५ असार २०७८, शनिबार १६:३९



तपाईको प्रतिक्रिया