एमाले नुवाकोटको १७ प्रतिनिधि चयन

विदुर । नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनका लागि एमाले नुवाकोटले १७ प्रतिनिधि चयन गरेको छ ।

मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने एमाले राष्ट्रिय महाधिवेशनका लागि १६ जना प्रतिनिधिको नाम सर्वसम्मत चयन गरेको हो । एक जना प्रतिनिधिको लागि थप छलफल भइरहेको नेकपा एमाले नुवाकोटका अध्यक्ष नारायणप्रसाद खतिवडाले बताए ।

नेकपा एमाले नुवाकोट १७ जना प्रतिनिधिको लागि ८१ जनाको उम्मेदवारी परेको थियो । नेकपा एमाले बागमती प्रदेश सचेतक एंव पूर्व मन्त्री केशवराज पाण्डे, प्रतिनिधि सभाका सांसद एंव एमाले नुवाकोटका अध्यक्ष नारायणप्रसाद खतिवडा र उपाध्यक्ष एंव प्रदेश सांसद बद्री मैनालीसहित १६ जना प्रतिनिधि चयन भएका छन् । नुवाकोटको निर्बाचन क्षेत्र नम्बर १ बाट बद्री मैनाली, बिन्दा ढुङ्गाना, काशिराज अधिकारी, पुर्णलाल श्रेष्ठ, शर्मिला थपलिया, जितबहादुर घले, मंगलमाया प्रजापती र केशव सेञ्चुरी छन् ।

यस्तै, नुवाकोट निर्बाचन क्षेत्र नम्बर २ बाट केशवराज पाण्डे, नारायणप्रसाद खतिवडा, रामशरण प्याकुरेल, बुद्धीबहादुर प्रधान, सावित्री प्याकुरेल, मेन्चुङ लामा, गिताकुमारी दाहाल, उषाकिरण तिमल्सिना छन् ।

२ मंसिर २०७८, बिहीबार २०:१२



तपाईको प्रतिक्रिया