आन्दोलनमा वकिल

विदुर । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै आएको नेपाल बार एसोसिएसनले सर्वोच्चकेन्द्रित आन्दोलनलाई जिल्ला र उच्च अदालतसँगै न्यायाधीकरणसम्म विस्तार गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराको राजिनामा माग गर्दै केन्द्रको निर्देशन अनुसार नुवाकोट बारले समेत बिरोध सुरु गरेको छ । केन्द्रले निर्धारण गरेको कार्यक्रम अनुसार अदालतमा कालो पट्टि बाँधेर काम गर्ने, अदालत परिसरमा धर्ना दिने लगायतका कार्यक्रमलाई निरन्तरता दिदै आएको नुवाकोट जिल्ला अदालत बारले जनाएको छ ।

केन्द्रको निर्देशन अनुसार मध्याह्न अगाडी मुद्दा सुनुवाइ नगर्ने नुवाकोट बारले निर्णय गरेको थियो । नुवाकोट बारले आयोजना गरेको बिरोध कार्यक्रमलाई सम्बोधन गर्दै नुवाकोट बारका निबर्तमान अध्यक्ष देबराज कँडेलले प्रधानन्यायाधीश जबराले राजिनामा दिएर न्याय प्रशासनको ढोका खुल्ला गर्नुपर्ने बताएका छन् । जबराको राजीनामा नआएसम्म आन्दोलन जारी राख्ने जनाएको बारले आफ्ना माग समेटिएको श्वेतपत्र नै जारी गर्ने निर्णय गरेको छ ।

उनले प्रधानन्यायाधीशको राजीनामाबाट एक इन्च पछि नहट्ने केन्द्रको निर्देशन अनुसार जिल्लामा कार्यक्रमको तय भएको जिल्ला अध्यक्ष राजाराम थपलियाले बताएका छन् । स्वच्छ, स्वतन्त्र र निर्भीक न्यायालय बनाउन, राजनीतिक प्रभाव तथा विकृति र विसंगतिमुक्त गर्दै न्यायालयप्रतिको जनआस्था कायम राख्न प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा बाधक रहेको बताउदै न्यायलयको मार्गप्रशस्त गर्नको लागी राजिनामाको बिकल्प नरहेको उनको भनाई रहेको छ ।

नेपाल बार एसोसिएसनले पनि सर्वोच्चका न्यायिक नभई प्रशासनिक कार्य मात्र गर्नुपर्ने, आफूलाई इजलास तोक्न नहुने, बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दा पेसी चढाउन नहुनेजस्ता माग गरेको थियो । प्रधानन्यायाधीशको बहिर्गमनले न्यायपालिका शुद्ध हुने भन्दै केन्द्रिय बारले तय गरेको बिरोधको कार्यक्रमलाई जिल्लामा निरन्तरता दिदै लैजाने नुवाकोट जिल्ला अदालत बारले जनाएको छ ।

७ मंसिर २०७८, मंगलवार २०:३९



तपाईको प्रतिक्रिया