प्रकाश राईको ‘डबल इन्ट्री’

विदुर । नेपाली काँग्रेसको १४ औं महाधिवेशनको क्रममा नुवाकोटमा भएको निर्वाचनहरुमा केसी पक्षको बिर्सन लायकको पराजय भयो । तर यही भित्रबाट राजनीतिमा कम र ब्यवसायमा बढी सक्रिय प्रकाश राईले ‘डबल इन्ट्री’ लिएका छन् । केसी समुहबाट उम्मेदवार बनेका राईले काँग्रेसको केन्द्रिय महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यमा जित निकालेका छन् ।

दुई दशक बढी समयदेखि नुवाकोट काँग्रेसको नेतृत्वमा रहेको केसी परिवारको यस पटकको ठूलो पराजयमा भने प्रकाश राईले आफ्नो ‘स्पेस’ बनाएका हुन् । महाधिबेशन प्रतिनिधिमा क्षेत्र नं. २ बाट निर्वाचित हुने तत्कालिन जिल्ला सभापति जगदीश्वरनरसिंह केसी बाहेक उनी एक जना मात्रै भए । त्यस्तै महासमिति सदस्यमा केसी पक्षबाट दुई जना मात्रै निर्वाचित हुनेमा पनि केसी परिवार भन्दा बाहिरको एक जना मात्रै निर्वाचित भएकोमा उनी नै परे । महासमिति सदस्यमा राई र काँग्रेस नुवाकोटका सभापति पदका प्रत्यासी डा. केदारनरसिंह केसी मात्रै सो प्यानलबाट बिजयी भए ।

राई यस अघि पनि नेपाली काँग्रेसको १३ औं महाधिवेशनमा काँग्रेस जिल्ला कार्य समिति सदस्यमा निर्वाचित भएका थिए । केसी पक्षबाटै उम्मेदवार बनेका उनी त्यसबेला पनि अत्याधिक मत ल्याइ चर्चामा आएका थिए । १२ औं महाधिवेशनमा नुवाकोट क्षेत्र नं. १ को क्षेत्रिय सचिवका रुपमा राईले काँग्रेसबाट राजनीतिक जीवन यात्रा सुरु गरेका थिए ।

२०३७ सालमा नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं. ७ रातमाटेमा जन्मिएका राई युवा ब्यवसायी हुन् । हाल विदुर नगरपालिका वडा नंं. ५ देविघाटमा अस्थायी बसोवास गर्ने उनी पछिल्लो समय ब्यवसायीक कृषि गरिरहेका छन् । पिपल्टारमा ड्रयागन, कालो बेसार र ‘अगर उड’को खेती गरिरहेका उनी शिद्धिगणेश ग्रुप अफ कम्पनीका अध्यक्ष हुन् । यो कम्पनीमा विभिन्न खाले काम गर्ने १० भन्दा बढी उद्योगधन्दाहरु सम्वन्धित छन् ।

क्षेत्रिय चुनावदेखि जिल्ला कार्य समितिसम्मको निर्वाचनमा केसी पक्षबाट विभिन्न पदमा निर्वाचित हुनेहरुमा जम्मा ९ जना मात्रै छन् । महाधिवेशन प्रतिनिधिमा क्षेत्र नं. १ बाट ५ जना र क्षेत्र नं. २ बाट २ जना मात्रै निर्वाचित भए । कार्य समितिमा क्षेत्र नं. १ को सचिवमा केसी पक्षका जगदीश कुँइकेलले मात्रै चुनाव जिते । प्रतिनिधि सभा क्षेत्र नं. २ को कार्य समितिमा केसी पक्षबाट कोही पनि निर्वाचित भएनन् । जिल्ला कार्य समितिमा एक जना मात्रै निर्वाचित भए । क्षेत्र देखि जिल्लातह सम्मको निर्वाचनमा केसी पक्षबाट निर्वाचित हुनेमा महाधिबेशन प्रितिनिधिहरुमा डा. केदारनरसिंह केसी, जगदीश्वरनरसिंह केसी, प्रकाश राई, कृष्ण कुइँकेल, कुमार गुरुङ, निरञ्जन थापा, टिकाबहादुर पुलामी मगर ‘राम’ छन् । काँग्रेसको महासमिति सदस्यमा डा. केदारनरसिंह केसी र प्रकाश राई निर्वाचित भए । क्षेत्रिय कार्य समिति अन्र्तगत क्षेत्र नं. १ को सचिवमा जगदीश कुइँकेल मात्रै निर्वाचित भए । जिल्ला कार्य समितिमा सदस्य पदमा दुर्गाराज पाठक मात्रै केसी पक्षबाट निर्वाचित भए ।

२३ मंसिर २०७८, बिहीबार ०८:४०



तपाईको प्रतिक्रिया