प्रेस सेन्टरको केन्द्रिय सदस्यमा प्याकुरेल, प्रदेश उपाध्यक्षमा खनाल

विदुर । प्रेस सेन्टर नेपालको केन्द्रिय सदस्यमा नुवाकोटका बद्रीप्रसाद प्याकुरेल निर्विरोध निर्वाचित भएका छन् । नुवाकोट शाखाबाट केन्द्रिय प्रतिनिधि रहेका प्याकुरेल प्रेस सेन्टरको चितवनमा १८ र १९ गते भएको राष्ट्रिय महाधिवेशनबाट केन्द्रिय सदस्यमा निर्वाचित भएका हुन् । महाधिवेशनले विष्णु सापकोटा ‘जुगल’का अध्यक्षतामा नयाँ केन्द्रिय कार्य समिति सर्वसम्मत निर्वाचित गरेको छ । १९१ जना केन्द्रिय सदस्य रहेको समितिको पदाधिकारीहरु भने टुङ्ग्याउन बाँकी रहेको छ ।

यसै बीच, १४ गते हेटौडामा भएको प्रेस सेन्टर नेपालको बागमत प्रदेश सम्मेलनबाट नुवाकोट पत्रकार महासंघ नुवाकोटका अध्यक्ष कपिलदेव खनाल उपाध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका छन् । उनी खुल्ला उपाध्यक्ष चुनिएका हुन् । ३५ सदस्यीय प्रदेश कार्य समितिको अध्यक्षमा काभ्रेका यदुनाथ गौतम निर्वाचित भएका छन् ।

समितिको वरिष्ठ उपाध्यक्ष नानीमाया विष्ट (मकवानपुर), खुल्ला उपाध्यक्षमा कपिलदेव खनाल (नुवाकोट), समावेशी उपाध्यक्षमा अञ्जु डोल्मा तामाङ (सिन्धुली), मुख्य सचिवमा ध्रुव अधिकारी (मकवानपुर), खुल्ला सचिवमा सुमन गैरे, सन्तोष देवकोटा (चितवन), सन्तोष दाहाल (काभ्रे), ध्रुवचन्द्र खड्का (सिन्धुली), जनजाती सचिवमा गौतम जिरेल (दोलखा), महिला सचिवमा चन्द्रकला खत्री (सिन्धुपाल्चोक) र कोषाध्यक्षमा बद्री अधिकारी (धादिङ) निर्विरोध निर्वाचित भएका छन् ।

२३ मंसिर २०७८, बिहीबार १०:३०



तपाईको प्रतिक्रिया