उत्तरी क्षेत्रमा जाडो धेरै

धुञ्चे । रसुवामा वर्षासँगै बुधबार बिहानबाट हिमाली भागमा बाक्लो हिमपात भएको छ । हिमपात र वर्षाले जिल्लाको उत्तरी क्षेत्रमा जाडो धेरै बढेको छ ।

जिल्लाको उतरी क्षेत्र गत्लाङ, लाङटाङ, क्याङजिन, तातोपानी, ठूलोस्याफ्रु, बृदिम, खाम्जिङ, शेर्पा गाउँ, थुमन, गोसाइँकुण्ड, धुन्चेको लेक, चोलाङपाटी, लौरीबिना, नगथली, चन्दनबारी यार्सा लेक, हाकुको लेक, माङचेतलगायतका विभिन्न ठाउँहरूमा बाक्लो हिमपात भएको छ । धुन्चे, भार्कु, ठाडे, राम्चे, लोकिल, यार्सालगायतका क्षेत्रमा हल्का हिमपात भएको छ । लाङटाङमा एक फिटभन्दा बढी हिमपात भएको वडाध्यक्ष सुप्पा लामाले बताए ।

‘हिमपात र वर्षा भइरहेको छ,’ लामाले भने, ‘घर बाहिर कोही पनि निस्कन सक्ने अवस्था छैन ।’ हिमपातका कारण चिसो बढेर उत्तरी भेगका स्थानीयको जनजीवन प्रभावित भएको छ । आमाछोदिङमो–५ तातोपानी, सिम्बु र टेताङ्चे क्षेत्रमा पनि बाक्लो हिमपात भएको तातोपानीका स्थानीय नोर्चेल तामाङले बताए ।

१५ पुष २०७८, बिहीबार ११:०७



तपाईको प्रतिक्रिया