सेनाको एकीकरण पदयात्रा तेश्रो वर्षमा

विदुर । नेपाली सेनाले सुरु गरेको एकीकरण पदयात्रा टोली नुवाकोट शनिबार नुवाकोटबाट काठमाडौंको लागी प्रस्थान गरेको छ । टोली मंगलवार (२७ गते) काठमाडौं पुग्ने छ । गोरखा, धादिङ, नुवाकोट हुँदै काठमाडौंँसम्म उक्त पदमार्गको दूरी २६ कोस छ ।

शुक्रबार पदयात्रा टोली सामरी, देउडी, खिन्चेत हुँदै विदुर नगरपालिका वडा नम्बर १० शुभघाटमा आइपुगेको थियो । टोली शुक्रवार साँझ शुभघाटमानै बास बसेको थियो । पृथ्वीनारायण शाह र गोरखाली फौजले प्रयोग गर्ने मुलबाटोलाई नेपाली सेनाले सुरु गरेको ‘एकीकरण पदयात्रा’ मार्फत् पदमार्गको रुपमा विकास गर्ने थालनी गरेको छ ।

दुई वर्षअघि थालनी भएको गोरखा–धादिङ–नुवाकोट हुँदै काठमाडौंसम्म नेपाली सेनाले एकीकरण पदमार्गको रुपमा यसपटक पनि पदयात्रा गरेको हो । यो तेश्रो पदयात्रा हो । पुस २७ गते पृथ्वी जयन्तीको अवसर पारेर दुई वर्षअघिदेखि थालनी भएको पदयात्रा यस वर्ष पनि शुक्रबार गोरखा दरबारबाट सुरु भएको हो । गोरखादेखि काठमाडौंसम्म करिब ११२ किलोमिटर बाटोलाई ऐतिहासिक पदयात्राको रूपमा विकास गर्न लागिएको छ । पदमार्ग निर्माणका लागि सेनाले अध्ययन पनि थालिसकेको छ । गोरखातर्फ भने रणसिं दल गणले नै अध्ययन सुरू गरेको हो । पृथ्वीनारायण शाहले नेपाल एकीकरणमा पु¥याएको योगदानको सम्मानस्वरूप ‘एकीकरण टर्च’ ¥यालीको आयोजना हुँदै आएको छ ।

नेपाल एकीकरणका बेला पृथ्वीनारायण शाह र गोरखाली फौज हिँडेको बाटो हुँदै थालेको यात्रामा बोर्लाङबाट हिँडेको सेनाको टोली बुङ्कोटघाटबाट कछारगाउँ, सल्यानटारको कोषढुङ्गा, रानीपौवा, कालोढुङ्गा, खहरे, चरङ्गे पौवा, चरङ्गेमा आएर बसेको थियो ।

पदयात्राका धादिङस्थित देवीदत्त गणका प्रमुख सेनानी दिनेश कार्कीले नेतृत्व गरेका थिए । पदयात्राको टोलीले बिहीबार कटुञ्जे, पन्ध्रकोषे, थर्पु हुँदै भ¥याङभुरुङसम्मको यात्रा गरी नुवाकोटमा रहेको जबरजङ्ग गणलाई एकीकरण दीप हस्तान्तरण गरेको थियो ।

नुवाकोटको जबरजङ्ग गणका सेनानी सरोज खड्काको नेतृत्वमा सामरी भञ्ज्याङ, कल्याणपुर, त्रिशुली हुँदै शुभघाटमा सेनाको पदयात्रा टोली आइपुगेको थियो । दीप र झण्डासहित काठमाडौंँको पल्टन यही पुस २७ गते पृथ्वीजयन्तीका दिन सिंहदरबार अगाडि हुने कार्यक्रममा सहभागी हुने बताइएको छ ।

पदमार्ग, कोट, गण र किल्लाहरु सम्वद्र्धन, संरक्षण तथा प्रवद्र्धन गर्ने नेपाली सेनाको विशेष कार्यक्रमअन्तर्गत पर्यटन प्रवद्र्धनमा पनि सहयोग पुग्ने उद्देश्यले पदयात्रा शुरु गरिएको नेपाली सेनाले जनाएको छ ।

बाजागाजासहित टर्च, राष्ट्रिय झन्डा र नेपाली सेनाका पाँच कम्पनीका झन्डा लिएर पदयात्रा टोलि गोरखाबाट निस्किएको हो । गोरखाको सेनाले धादिङ र नुवाकोटले काठमाडौंका सेनालाई सीमाबाट पदयात्रा गर्ने कार्यक्रम हस्तान्तरण गर्नेछन् ।

शनिबार बिहान पदयात्राको टोली शुभघाटबाट नुवाकोट दरबार पसिरमा पुगेको थियो । नुवाकोटबाट हिडेको पदयात्राको टोलीलाई चतुराले बरबन्दीमा पुगेर बास बसेको छ । चुतुराले–ककनी हुँदै पदयात्राको टोली चन्द्रगिरी पुग्ने छ । चन्द्रगिरीमा नेपाली सेना नुवाकोटले काठमाडौंको टोलीलाई एकीकरण टर्च र झण्डा हस्तान्तरण गर्ने छन् ।

गोरखाका तत्कालीन राजा पृथ्वीनारायण शाहका फौज हिँडेको बाटोमा नेपाली सेनाले पदयात्रा तय गरेको हो । पृथ्वीनारायण शाहकालीन सेनाका पोशाकमा नेपाली सेनाले पदयात्रा गरिरहेको छ । बिगत ३ बर्ष देखि तत्कालिन अबस्थाको सेनाको पोशाकमा नेपाली सेना सजिदै पदयात्रा गर्दै आएको हो ।

गोर्खाली फौजले विसं १८०१ असोज १५ मा नुवाकोटमाथि विजय हासिल गरेर उपत्यका प्रवेश गर्दै नेपाल एकीकरणको थप सफलताले विशाल नेपाललाई एउटै मालामा गाँस्न सफल भएको सन्देशलाई ‘एकीकरण टर्च’ ¥यालीमार्फत् प्रचार गरिएको छ । पृथ्वीनारायण शाहले वि.सं १८०१ मा नुवाकोट र वि.सं १८२५ मा काठमाडौँ राज्य जितेका थिए । त्यस क्रममा उनी दर्जनौँ पटक गोरखादेखि नुवाकोट हुँदै काठमाडौँसम्म ओहोर–दोहोर गरेका इतिहास छ ।

२५ पुष २०७८, आईतवार १९:३५



तपाईको प्रतिक्रिया