नुवाकोटमा दुई वटा मात्रै दमकल

विदुर नगरपालिकाको दुई वटा दमकल ।

विदुर । स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि आएको चार वर्ष बितिसक्दा समेत नुवाकोटको ११ स्थानीय तह अझै दमकल (वारुण यन्त्र) विहीन अवस्थामा छन् ।

१२ वटा स्थानीय तह रहेका नुवाकोट जिल्लामा विदुर नगरपालिकामा बाहेक बाँकी सबै स्थानीय तह दमकल बिहिन छ । विदुर नगरपालिका बाहेक अरु स्थानीय तह भौगोलिक बिकटताका कारण समेत दमकल आबाश्यक नरहेको बताइएको छ । विदुर नगरपालिकाले भने स्थानीय तह गठन हुनुअघि नै दमकलको व्यवस्था गरेको जनाएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासिनीका अनुसार मुलुक पुनःसंरचित भएपछि थप १ थान दमकल बागमती प्रदेश सरकार मार्फत खरिद गरिएको हो । पहिला देखिनै एक थान दमकल सञ्चालनमा रहेको विदुर नगरपालिकामा हाल २ वटा रहेको छ ।

विदुर नगरपालिकामा घरघरमा ग्यास, बिजुली र चट्याङ प्रभावित क्षेत्र पनि भएकाले आगलागी जोखिम क्षेत्र हो । त्यसैले पनि यहाँ दमकल अति आवश्यक रहेको उनले बताएका छन् । उनका अनुसार विदुर नगरपालिकामा भइरहेको एउटा दमकलले नपुगेर अर्को दमकल बागमती प्रदेश सरकार मार्फत खरिद गरिएको थियो ।

बाक्लो बस्ती र शहरी क्षेत्र भएकाले दमकल आगो नियन्त्रणको लागी प्रभाबाकरी समेत भएको छ । बर्षेनी दमकलको प्रयोगले आगो नियन्त्रण हुँदै आएको छ । बाँकी रहेको १ नगरपालिका र १० गाँउपालिका भौगोलिक बिकटताका कारण दमकल आबाश्यक नरहेको बताइएको छ ।

अरु स्थानीय तहमा दमकल गुड्ने सडकमार्ग समेत पर्याप्त रुपमा रहेको छैन । अधिकांश स्थानीय तह उकालो ओरालो र कच्ची सडक मार्ग भएकाले दमकलको ब्यबस्था गर्न नसकिएको बताइएको छ ।

आगलागी नियन्त्रणका लागि दमकल आवश्यक हो भन्ने जाने पनि नुवाकोट जिल्लाका धेरै स्थानीय तहले भौगोलिक बनावट तथा आर्थिकको कारणले अहिलेसम्म दमकलको व्यवस्था गर्न सकेका छैनन् ।

स्थानीय तहसँग पर्याप्त श्रोत नहुनु, सडकमार्गको अबस्था र ग्रामिण भु–भागमा आगलागीबाट हुने जोखिम समेत कम रहेकाले दमकलको ब्यबस्था नगरेको तादी गाँउपालिकाका अध्यक्ष नारायणप्रसाद पाण्डेले बताएका छन् ।

१३ माघ २०७८, बिहीबार १२:४३



तपाईको प्रतिक्रिया