‘आफन्तले गिफ्ट दिएपनि साट्न मन लाग्थ्यो’

म १५ वर्ष पुगेर १६ लाग्या थियो बिबाह गरेर आउदा । बिबाह गरेर आउदा म पनि सानै थि । मेरो श्रीमान आर्मिमा हुनुहुन्थ्यो । घाँस काट्ने खेती गर्ने गरेर चल्दै थियो । त्यस्तै गरेर चल्दै थियो । म २० पुगेर २१, जेठबाट लाग्नै थियो । मेरो श्रीमान् बैशाखमा बित्नु भयो । मैले दुईटा बच्चा पाउदा म २० बर्षको थिएँ । नानीचाँही त्यहि १ बर्षको थिइन् मेरो चाँही । अब त्यतिखेर त भर्खर भर्खर श्रीमान् बित्दाखेरी त २१ बर्षको उमेर भएपनि मेरो जीवन सकियो अब यतिनै हो, अब मैले कसरी बच्चहरूलाई हुर्काउन सक्छु होला ? यिनीहरूलाई पढाउन सक्छु होला त ? म कसरी चाँही आफ्नो ईज्यतमा बस्न सक्छु होला ? भनेर मलाई त्यो पिडा लागिरहन्थ्यो । अनी त्यसै क्रममा अब बच्चाहरूलाई त मैले पढाउनै पर्छ भन्ने जस्तो लाग्यो । ६० सालमा मेरो श्रीमान् बितेपछि अनी ६१÷६२ सालमा म चाँही बसाई सरेर विदुर नगरपालिकामै आएँ । आएर अब त्यतिखेरको दुःख त्यति खेरको भोगाई त्यति खेर समाजले हेर्ने दृष्टिकोण, आफ्न्तले हेर्ने दृष्टिकोण धेरै फरक थियो । अहिलेको र पहिलेकोमा । अब एक्लै हुँदा खेरी मेरो त त्यति खेर मेरो श्रीमान मात्रै बित्नु भको थिएन । मलाई धेरै साहारा दिने धेरै मेरो लागी सहयोग गर्ने मलाई हौसला दिने र मेरो सासु पनि बित्नु भको थियो । छोरा बितेकै २ बर्ष पछि । त्यहाँबाट अब देवरलाई पनि दाई बित्नी बित्तिकै अली साईक्रेटिक जस्तै भाथ्यो । अनी त्यहि क्रममा मेरो घरको बुवाले पनि घरमा बस्नु हुन्थेन । घर छोडेर हिड्नु भयो ।

त्यति खेरको अबस्था भन्या बालबच्चा र आफै मात्रै के, त्यो कुनै कुरा मलाई कसैले केही कुरा नराम्रो शब्दसित भने पनि आएर मेरो भर परिवारमा भन्छु । घरपरिवारमा यसलाई भन्छुनी त भन्नी मान्छे त्यति खेरको अबस्थामा थिएन । यसरी गर्दाखेरी खेती थियो बस्तु थियो मैले भैसी पालेको थिए । १० रुपैयाँ माना दुध बेच्थेँ । म घाँस काट्न जान्थे । अनी बट्टारको बस्ती थियो । ढिकुरेको खेत थियो । त्यहाँ म खेती गर्न जानु पथ्र्यो । म याबाट हिडेर जान्थें । हिडेर दिनभरी खेतमा आलु लगाउथ्यो । औषधि हाल्न पथ्र्यो । आलु गोड्नु पथ्र्यो । खेत रोपे खेत गोड्नु पथ्र्यो । त्यति गरेर घर फर्केर आउदा अब कोहिनकोही अब एकल महिला भनिएसी हेप्नी पनि हुन्छ नी । यसको श्रीमान् छैन यसको केही छैन यसलाई जे बोल्देनी हुन्छ जसो भन्देनी हुन्छ भन्ने हुन्थ्यो । दिनभरी काम गरेर आयो अनी बेलुका भएपछि बच्चाहरूलाई कस्ले के भनिराख्या हुन्थ्यो । उनीहरूले सुन्थे । ममी यस्तो रे त हो भनेर उनीहरूले भन्दाखेरी सारै रुन मन लाग्थ्यो । त्यतिखेर फलानुले यसो भन्यो तेरो मम्मी यसरी हिड्छे, तेरो मम्मी यस्तो गर्छे भनेर भन्छन् भनेर त्यो बच्चाहरूले भन्दा पनि बच्चाहरूको अगाडी भन्नी कुरा हुन्थेन उनीहरूलाई मैले भन्थे म हिड्न पर्छ, मैले कसैसँग बोल्न पनि पर्छ । र मेरो त्यो बाध्यता हो मेरो लागी बोलिदिने कोही छैन । मैले बोल्न पर्छ हिड्न पर्छ । तर तिमीरुलाई छोडेर र एक्लो बनाएर चाँही कैलेपनि हिड्नी छैन र नराम्रो काम गरेर हिड्नी छैन भनेर बच्चाहरूलाई भन्थे ।

त्यति भन्दै गर्दा पनि मलाई चाँही उनीहरूको अगाडी त भन्थे तर मलाई पिडाचाँही लाग्थ्यो त्यतिखेर । किन पिडा लाग्थ्यो भन्दाखेरी छोराछोरी लिएर सुत्थे छोराछोरीको बीचमा म आफै सुत्थे छोरो एकपट्टी छोरी एकपट्टी सुत्थे । तर कोही दिनचाँही समाजले हेर्ने दृष्टिकोण फरक भएर उनीहरूले भनेको शब्दले गर्दा उमेरको छिन्, बिबाह गरेर जान्छे । यसले बच्चाहरूलाई हेर्दिन । कोहिसँग म बोल्दमात्रै पनि नराम्रो शब्दहरू नै बोल्थे । कुनै कुरा उनीहरूले राम्रोसँग त्यहि शब्द बोल्दा पनि हुन्थ्यो, तर मसति त्यस्तो राम्रो व्यवहार देखाउदैन थिए । त्यहि शब्द उनीहरूले नराम्रोसँग बोल्थे अनि त्यतिखेर चाँहि म आफैलाई सोच लाग्थ्यो ओहो मैले जिन्दगी कसरी बिताउने होला कसरी काट्नी होला ? जती पछि भयो त्यति कठिनका दिनहरू आउदो रे’छ । समस्या बढ्ददो रे’छ । जसले मलाई पाल्छु सप्पै कुरा माया दिन्छु भनेर र अहिलेको चलन भएत १५÷१६ बर्ष उमेर भनेको त बालबिबाह हुन्थ्यो । अनि त्यति गरेर सबै थोक संरक्षण दिन्छु भनेर ल्याएको श्रीमानले त छोडेर जानु भयो भनेदेखि म त केही पनि हैन । म किन बाँच्न परेको होला भन्या जस्तै मलाई त्यति खेर एकदमै लाग्थ्यो । त्यो ज्यानको माया लाग्दैन थ्यो ।

पौडेल

त्यो समाजले हेर्ने दृष्टिकोण फरक भएको र समाजले गरेको ब्यबहारले गर्दाखेरी अनी त्यतिखेर म केका लागी बाँच्नु छ भनेर म दुई पट्टी बच्चाहरू लेर सुत्दा पनि म जुरुक्क उठ्थे । उठिसकेपछी ओहो मर्नी बेलामा त बच्चाको मुख हेरुनत भन्या जस्तो मलाई लाग्थ्यो । त्यतिखेर बत्ति बालेर हेरीसकेपछी चाँही अनी म मर्न जान सक्दिन थिए । बाउ त उसको अर्काले मारेर मर्यो, म आफै जानी जानी त्यस्तो गरेर मरे भने त यो बच्चको आत्माले कती श्राप देला । मैले मर्न हुदैन मम्मी बाँचेको भए पनि हामी सडकमा त हिड्न पर्दैनथ्यो नी पो भन्छन् कि यिनिहरूले भनेको जस्तो लाग्यो । अनी पटक पटक फर्केर आएर अनी बच्चाहरूसँग सुत्थे ।

त्यतिखेरको भोगाई, एकल महिलाहरू भनोने त जहाँ गएर जे गर्दा पनि हिंसामा पर्ने र त्यो हिंसा भोग्न पर्ने भनेको चाँही एकल महिलाले नै हो । एकल महिलाले जती हिंसा भोग्न पर्नी अरुले कसैले हैन । किन हुदैन राम्रो लाएर एकल महिला हिड्यो भनेदेखि राम्रो लुगा लायो, अलीकती हसिलो भएर हिड्यो भनेदेखि उ यो कोसँग गई काहाँ गएर आई, कोसित बसेर आएर यति खुसी भएर हिडेकी छे भनेर यही समाजले नै भन्छ । एकल महिलाहरूलाई अनी त्यहीबाट अब नराम्रो कपडा लाएर अहिले अलीकती मनमा पिर लिए र बसेको छ भनेदेखि त्यसमा फेरी के भन्छन् यसलाई देख्यो भनेदेखि साईत पर्दैन । यो सबै आफैले भोग्न पर्दा खेरी मलाई अब त्यसरी हेर्दा अब मैलेचाँही अब पछाडी त भने होला मलाई सुनाउथ्यो । तर मलाई सामुन्यमा चाँही भन्न सक्दैनथ्यो । म पहिला आफुले भोग्नी जती भोगी सकेपछी मैले सामाजिक अभियानमा लागेको पनि थिए । मैले गरेको पनि थिए । हिंसा गरे नराम्रो बोले भने कानुन पनि छ भन्ने पछि पछि भए पछि मैले थाहा पाएँ । पहिला कानुन नहुदाखेरी चाँही मैले ६० साल ६१, ६२, ६३ सम्म भोगी । ६४ बाट चाँही जब मैले एउटा कार्यक्रममा गएर आएपछी नत्र त्यो भन्दा पहलिा चाँही जोसुकैले जे भनेपनि मलाई आरोप लागाएपनि मेरै दोष भनेर म पनि भित्र पसेर रुन्थ्ये ।

बाहिर उठेर समाजको अगाडी बसेर भन्नी स्थिति मेरो थिएन त्यतिखेर । जब मैले एउटा संघसंस्थामा लागीसकेपछी अब चाँही मैले पनि भन्ने, सुनाउने ठाँउ छ भन्ने लाग्न थाल्यो । मैले पनि केहि गर्न सक्छु यिनहरूलाई भन्ने भएपछि म आफैले पनि औला ठड्याउन सक्ने भएँ । मानब अधिकारका लागी महिला एकल महिला संस्थाको अन्तराष्ट्रिय सम्मेलन हुने समय रहेछ, त्यसमा नुवाकोटमा पनि एकल महिलालाई कार्यक्रम छ भनेर आईसकेपछी हिमवन्ति नेपालको शिबकुमारी दिदि हुनुहुन्थ्यो । उहाँले एकल महिलाको १५ जनाको समुह बनाउनु भयो । अध्यक्षमा म आफै बसे अनी म त्यो ठाँउमा मलाई बुझ्नुनी थियो म आफै गए । अनी त्यहि गएर आएपछी मात्रै मैले महिलाहरूको लागी पनि कानुन बनेको रहेछ भन्ने थाहा पाएँ । हिंसा त यसै पनि भोग्न पर्छ हिंसा भोग्नी भनेको हामी छोरी मान्छे भएर गर्भदेखि हिंसा भोग्न पर्ने र त्यो भन्दा बढि एकल भएपछी भोग्न पर्ने रहेछ ।

कुनै कथा होईन म आफैले भोगेका कुराहरूचाँही त्यो सबै कुरा त्यसरी भोग्दै आएको कारणले गर्दाखेरी चाँही एउटा संघसंस्थामा लागेपछी आफुलेनै औले ठड्याएर कसैलाई मेरोलागी ‘ल बोल् त’ भनेर चन्न सक्नि त भईयो । अब त्यति खेरको समय र अहिलेको समय त धेरै फरक छ । त्यतिखेर रातो पनि लाएर हिड्न हुदैनथियो । अहिले त रातो लाउन पनि कसैले बन्देज गरेको छैन । मेरो श्रीमान ६० सालमा बित्नु भयो । मैले रातो लगाएको भनेको ७२/७३ बाट मात्रै हो । त्यतिबेलाबाट चाँही टिका पनि लाउन थालँे । यो भनेको त हाम्रो भात खुवाईमै दिएको चिज रहेछ । हाम्मीले लगाउन पाउने रंग नै रहेछ । रातो टिका लगाउनु हुदैन, रातो कपडा लाउनु हुदैन, माछा मासु खान हुदैन भनेर चाँही कुनै शास्त्रमा समेत लेखेको रहेनछ । हरूको लगाएको देख्दाखेरी उनीहरूले पोते लाउछन्, राम्रो लाउदा खेरी पहिला हैन अझैपनि लाग्छ हामी एकल महिलाहरूलाई नलाग्ने त हैन । ईच्छा लागेको चिज लागाएर हिडेपनि समाजले हेर्ने दृटिकोण फरकै हुन्छ । त्यहि भएर पनि सप्पैथोक एकल महिलाले अझै पनि गर्न पाएका छैनन् । सबै कुरा रातो लुगा लाउनै मन लाग्थ्यो, अर्काले गाएको देख्दा राम्रो लाउन मन लाग्थ्यो । मिठो खान पनि मन लाग्थ्यो । एकल महिलाको थाप्लोमा सप्पै कुरा जिम्मेवारी थियो । त्यो लाउनी र खानी भन्या चाँही आफ्नो कल्पनामा मात्रै रहन्थ्यो । रातो लाएर हिड्दा त्यो कुर्था सुरुवाल यत्ति रातो छ । यो रातो भएको किन लाउनी भनेर मलाई आफन्तले गिफ्ट किनेर दिएभनेपनि साट्न मन लाग्थ्यो । साटेर अर्कै रंगको लेराउथे । त्यो चाँही म आफैले पनि गरेको छु । अनी फेरि रातो लाएर हिड्न हुदैन भनेर अहिले जस्तो सबैतिर गएर देख्या पनि थिएन । फेरि रातो लाएर हिडी फलानीले भनेर भन्छन्की भन्ने डर लाग्थ्यो । अनि त्यही भएर लाउन मन लाग्थेन ।

केही भन्छन् की, मैले न यो बच्चाहरू छोडेरै हिड्न पर्नी पो हुन्छ की भन्या जस्तो लाग्थ्यो । लाउछु तर अहिले पनि दशैको टिका चाँही मलाई लाउन मन लाग्दैन । त्यतिखेर पहेलो अक्षता लगाइदिने चलन थियो । अब एकल महिलाले रातो लाउन हुदैन भनेर मेरो श्रीमान् बितेको बर्ष यसै लगाईएन अनी अर्को सालबाट चाँही मलाई टिका लाउन भनेर पहेलो अक्षता तयार भएको थियो । अरुलाई रातो अक्षता थियो । मलाई चाँही मम्मीले ल आईजो टिका लगाउन भन्दाखेरी मम्मी म पहेलो अक्षता लाउदिन म आजदेखि टिकापनि कहिल्यै लगाउदिन दशैको टिकामा म माईत आफन्ती भनेर जाँदापनि जान्न भने । मैले घरमा पनि लाउदिन, मैले घरमा टिका लगाएपनि मैले रातो लाउन थाले पछी चाँही दुर्गा पुजा गरेर आएपछी मेरो छोरीले दुर्गाको प्रसाद खाली निधार टिका लाईदिन हुदैन भनि र अनी मेरो छोरीले प्रसाद लागाइदिन्छे । म अरुलाई टिका लगाइदिन्छु । म टिका लाउदिन कसैसँगपनि ।

जत्ति मैले २०/२१ बर्षको उमेर देखि एकल भएर हिंसा भोगेर आएदेखि एकल महिला हुँदा पिडा कस्तो हुन्छ एकल महिलाको जिन्दगी कस्तो हुन्छ भनेर जती भोगेर आएको थिए नी अरुलाई सुन्दा कथा लाग्छ । मैले भोगैकै भएर चाँही अहिले मैले एकल महिलाहरूको लागी चाँही उनीहरूको अभियानमा उनीहरूलाई के छ कसो छ कसैले उनीहरूले भित्र एकदम पिल्छिएर बसेको हुन्छन् । बाहिर कसैलाई भन्न चाहदैनन् त्यही भएर मैले चाँही उनीहरूको लागी चाँही केही गर्न पाए हुन्थ्यो कति एकल महिलाको नागरिकता हुदैनन् । कत्ति एकल महिला आमाहरू अहिले पनि भत्ता ल्याईन्छ कोही बेला आफुलाई थाहै हुदैन कसले झिक्छ के गर्छन् भन्छन । अनी उनीहरूै अभियानमा चाँही मैले के गर्न सक्छु त । उनहरूको घाउमा मैले केही मलम लाउन सक्छु भनेर त्यहि अभियानमा मलाई गर्न पनि मन लाग्छ । म आफैले गर्या भएर पनि होला पहिला पनि १० रुपैयाँ माना दुध बेच्थ्ये । बस्तुलाई घाँस काटेर राखेर बच्चाहरूले टिफिन माग्दा ५ रुपैयाँ दिन्थ्ये भने म ५ रुपैयाँ गाडी भाडा तिरेर जान्थ्ये । त्यो भन्दात अहिले मलाई केही सहज छ । अनि त्यहि एकल महिलाहरूको अभियानमा हिडेर चाँही उनीहरूकै लागी काम गरिरहेको छु । एकल महिला भत्ता भनेको पनि दाल र चामल पु¥याएर खाँदा खेरी पुग्ने नै रहेछ । पुग्छ पनि, अनी अब त्यहि भैदिए हुन्थ्यो भनेको जस्तो मलाई लाग्छ । अरु थोक त एकल महिलाहरूको चाँही समुह बनाएर गएको ठाँउमा आयआर्जन गर्नका लागी एकल महिलाहरूले चाहे भने देखि थोरै बजेट नगरपालिकाबाट हुन्छ की, वडाबाट हुन्छ की गाँउपालिकाबाट हुन्छ की त्यसरी छुट्टाएर एकल महिलाहरूको लागी चाँही काम गर्न सकिन्छ । हामीले हिंसा भयो भनेर भित्रै पिर लिएर बस्न चाँही नहुनी रेछ । हामीले भन्न पर्ने ठाँउमा गएर दिदिबहिनी है कुन ठाँउमा गएर भन्नु पर्छ मलाई यस्तरी हिंसा भयो भनेर भन्नै पर्ने रहेछ ।

नभनी बस्यो भने मनको कुरा कसैलाई थाहापनि हुदैन । बुढापाकाले भन्छन् चिन्ताले गर्दा चित्तामा पु-याउछ भनेको जस्तो । धेरै पिर, धेरै चिन्तामा बेपछि आफै नराम्रो हुनी आफैलाई चाँही असर पुग्नी गरी चाँही हुदो रहेछ । एकल महिलाहरूको लागी अझ पनि समाजले हेर्ने दृटिकोण चाँहि फरक भएको छैन । केहि चाँही भएको छ त। र पुरै भएको छैन । त्यसका लागी समाजबाट एकल महिला भनेर केसैले पनि हिंसा भोग्नु नपरोस् । एकल महिलाले आएर भन्न सक्नि भनेको चाँही अहिले मानब अधिकारको लागी महिला एकल महिला समुहमै आएर भन्न सक्नु हुन्छ । सके जिल्लाले गर्छ, नसके केन्द्र पु-याउछ । हाम्रो अफिस नुवाकोटको जिल्ला समन्वय समितिको कार्यालय भित्र छ ।
(महिला मानव अधिकारको लागि महिला, एकल महिला समुहको बागमती प्रदेश अध्यक्ष पौडेलसंग इमेज साप्ताहिकका सम्पादक शर्मिला उप्रेतीले गरेको कुराकानीमा आधारित)

२६ मंसिर २०७९, सोमबार १०:२३



तपाईको प्रतिक्रिया