श्रद्धान्जली

मीन सुवेदी

बाबा र माताले खुबै माया गरी जागीर ठूलो छ भनी
एउटा फौजी खोजी बिहे गरी दिए रितै यस्तै छ नी
सारा संसार , स्वर्ग झै मानी बस्यौ उनैको हितैषी तिमी
मारयो राक्षसीले त्यो मध्य रातमा छोडी गयौ यो जिमी ।।

पापी थर्रथर भो, कामेर उभियो ,बौलाह जस्तै बनी
खुब गम्यो मनले कसो गरी अब छिप्ने अनि लुकनी
एउटा बोरा झिक्यो, बेरी कन धरयो त्यै गाडकी पासमा
मोज गरी बसुला भनि कन थिइन कैकै जस्तै आसमा ।।

दुबै जना हिडे, थानकोट काटी गए,पुगी गए दामन
मानबको चोलामा ति राक्षस थिए, उनै नामै थियो रन्जन
आफनै प्राण प्यारी त्यो आफनो करले सिउँदो दिएका थियौ
के बिगारी दिइन, मारेर तिमीले के मान मौजी भयौ ।।

आफनै स्वर्गलाई उजाड पारी दियौ त्यो मुर्खले क्षणमा
खुव लिला गरेरे जबानी चढेर बस्यो अनि जेलमा
फासीका हकदार हुँदा पनि तिमी, कानुन नहुँदा खेरी
आजिवन कारावास तोकियो तिमिलाई उल्टिए छ हत्तेरी ।।

न्याय मुर्ती जन हो पिचास जसरी त्यो मान्छे मार्ने कन
छोरा हेर्छु भनि आमा मारी दिने बिस्वासिलो नबन
हे सरकार सुन है , हत्यारा थुन है गिता जिको आत्माले
दुई तिहाई गुमला सराप देला है जनता परमात्माले ।।

खल्को यो पानीको बैशालू बानीको श्रीमतीलाई मारने
देशकै रक्षा खातिर जागिर खाको थियो, बिक्षप्त नै पारनी
सम्झयो गिता जी को त्यो दुरदर्शा अनि आँसु बग्यो भलभली
स्वर्गमा बास होस, रन्जनको नास होस, मेरा छ, श्रद्धान्जली ।।

९ श्रावण २०७७, शुक्रबार १४:४९



तपाईको प्रतिक्रिया