कविता : त्यो देश के देश ?

त्यो देश के देश ?
जहाँ कम्युनिस्ट शासन छ, भोका नाङ्गा पिडित छन् ।

त्यो देश के देश ?
जहाँ पसिना बगाउने किसान भोकै मर्छन्, बिचौलियाले मोज गर्छन् ।

त्यो देश के देश ?
जहाँ माक्सको तस्बिर सजाएर, मोदी पुजिन्छ ।

त्यो देश के देश ?
जहाँ सिद्धान्त र आदर्श सर्वहाराको, कार्यशैली पुरै पुँजिवादी अपनाईन्छ ।

त्यो देश के देश ?
जहाँका नागरिक बहादुर नामले चिनिन्छ, छिमेकीको दादागिरीमा लुकिन्छ ।

त्यो देश के देश ?
जहाँ खाडीको रेमिट्यान्स नभित्रिए चुल्हो बल्दैन, सरकार चल्दैन !

त्यो देश के देश ?
जहाँ कृषि प्रधान नामले पुकारिन्छ, किसानले मल र कृषकले मूल्य पाउँदैनन् ।

त्यो देश के देश ?
जहाँ घर धितो राखी अस्ट्रेलिया, मंगलसुत्र धितो राखी खाडी भासिनु पर्छ ।

त्यो देश के देश ?
जहाँ भ्रष्ट र गुण्डालाई फुलमाला, निमुखा र निर्दोषलाई हत्कडी लगाईन्छ ।

त्यो देश के देश ?
जहाँ डिग्रीधारीले खाडिमा भेंडा चराउँछन्, प्रौढशिक्षा नपढेकाले सत्ता चलाउँछन् ।

त्यो देश के देश ?
जहाँ नुन, तेल, मसला चाहियो इन्डियन धोती, डाँडा, काँडा रेल कुदाउन थेप्चे चाईनिज गुहारिन्छ ।

त्यो देश के देश ?
जहाँ छ लेनको सडक बनाउन डल्ले जापानीज,
चर्पीमा हग्न मुत्न सिकाउन कुईरे अमेरिकी गुहारिन्छ ।

त्यो देश के देश ?
जहाँ काठमाडौंको धुलो बढार्न खैरे जर्मनी, सगरमाथाको चुच्चो नाप्न थेप्चे चाइनिज गुहारिन्छ ।

स्वामिभक्ती नतोडिएसम्म स्वाभिमानी बन्दैनौं
त्यो देश के देशबाट
यो देश वाह देश पनि बन्दैन ।
जय देश।

३० मंसिर २०७७, मंगलवार ०९:२७



तपाईको प्रतिक्रिया