विदुर । राष्ट्रिय कविता महोत्सव– २०७७ मा नुवाकोटका भैरबी ढुङ्गाना (भैरबी भूगोल) पहिलो भएका छन् । उनी लिखु गाउँपालिकाका हुन् ।
नेपाल प्रज्ञा प्रतिष्ठानको ६३ औं बार्षिकोत्सवको अवसरमा सोमवार काठमाडौं कमलादीमा राष्ट्रिय कविता महोत्सवको आयोजना गरिएको थियो ।
देशभरिबाट प्राप्त ५०२ वटा कवितामध्ये उनको नेपालको गीत शीर्षकको कविता पहिलो भएको हो । लमजुङका प्रज्वल अधिकारी दोश्रो भएका छन् ।
त्यस्तै सोलखुम्बुका गणेशप्रसाद खतिवडा, दोलखाका देवकी अभिलासी र तेह्रथुमका रेजिना आपगाइँ तेश्रो भएका छन् ।

३० मंसिर २०७७, मंगलवार ०९:५५