पत्रकारहरु जिम्मेवारीबोधका साथ क्रियाशिल

विदुर\नुवाकोटका पत्रकारहरूले कोभिड–१९ को संक्रमणका कारण सिर्जित समस्याहरूको सामना गर्न राज्यका सबै पक्ष क्रियाशिल भएको सन्दर्भमा आफ्नो पेशागत मर्यादालाई समेत मध्यनजर गर्दै जिम्मेवारी बोधका साथ क्रियाशिल हुने प्रतिबद्धता जनाएका छन् ।

कोरोनाको त्रासका कारण आम नागरिक समस्यामा रहेका बेला सत्य र तथ्य समाचार संप्रेषण गरी समाजमा फैलाईएका नकारात्मक समाचारहरू खण्डित गर्दे नागरिकको तेस्रो आँखाका रुपमा आफुलाई क्रियाशिल बनाउन पत्रकारहरू प्रतिबद्ध भएका छन् । शनिवार नेपाल पत्रकार महासंघ नुवाकोटले आयोजना गरेको कोरोनाको सन्त्रासका बेला पत्रकारहरूको भूमिका सम्बन्धि अन्तरकृया

कार्यक्रमका सहभागी पत्रकारहरूले संकटको बेला नागरिकले सञ्चार माध्यमहरूबाट प्रवाह हुने समाचारलाई बिश्वास गर्ने भएकाले जिम्मेवारीपूर्ण रुपमा समाचार संप्रेषण गर्न‘पर्ने धारणा ब्यक्त गरे । आधिकारिक स्रोतबाट प्राप्त समाचारलाई संप्रेषण गर्ने र सम्प्रेषण गर्दा कुनै कोणबाट पनि नागरिकमा त्रास र उत्तेजना फैलन नपाओस भन्ने तथ्यलाई आत्मसात गर्न‘पर्ने उनीहरूको भनाई थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ नुवाकोटका अध्यक्ष कपिलदेब खनालले समाचार संकलन गर्दा जिम्मेवार बन्न र आफ्नो सुरक्षालाई ध्यान दिँदै नागरिकप्रतिको दायित्वबोध गर्न आग्रह गर्दे सकेसम्म भीडमा नजान र आफूले जानेका सुरक्षात्मक उपायहरूबारे अरुलाई पनि जानकार बनाउन आग्रह गरेका थिए । उनले कोरानोको संक्रमणबाट पहिला पत्रकार जोखिममा पर्ने तर्फ इंकित गर्दै सुरक्षित रहरेर समुदायलाई सूसूचित गर्ने तरिका र तयारकिा बारेमा बताएका छन् । 

त्यसक्रममा पत्रकार महासंघ बागमती प्रदेशका सदस्य रामहरि गजुरेल, प्रेस संगठनका केन्द्रीय सदस्य देबचन्द्र भट्ट, प्रेस युनियनका पूर्ब केन्द्रीय सदस्य शिव देबकोटा, प्रेस संगठनका नुवाकोट अध्यक्ष भोलाराज पौडेल, नुवाकोट उदोग बाणिज्य संघका द्धितिय उपायक्ष सन्तोष उप्रेती लगायतले अनुपम उदाहरण देखाउन सबै पत्रकारहरूले आफूलाई जिम्मेवारी बोधका साथ अघि बढाउनुपर्नेमा जोड दिए । जिल्ला अस्पतालका मेडिकल अधिकृत डाक्टर दिपेश उप्रेती र स्वास्थ्य कार्यालयका अधिकृत जनार्दन सिलवालले कोरोना भाईरसको बिबिध पक्षहरूका बारेमा जानकारी गराउँदै सचेतना अभियानलाई प्रभावकारी बनाउन पत्रकारहरूको महत्वपूर्ण भूमिका अपेक्षित रहेको धारणा ब्यक्त गरे ।

९ चैत्र २०७६, आईतवार १३:४०



तपाईको प्रतिक्रिया