विदुर\त्रिशुली अस्पताल नुवाकोटले आकस्मिक भएमा मात्रै अस्पताल आउनको लागी आग्रह गरेको छ ।
अस्पतालले उपलब्ध गराएको फोन नम्बरमा सम्पर्क गरेर चिकित्सकसँग सल्लाह गरेर मात्रै अस्पताल आउनको लागी त्रिशुली अस्पताल नुवाकोटका मेडिकल सुपरिटेन्डेन डा. रेमकुमार राईले बताए । कोरोना भाईरसको संक्रमण त्रास रहेकाले अत्याबश्यक नभइ अस्पताल नआउनको लागी उनले आग्रह गरे ।
हाल त्रिशुली अस्पतालमा ज्वरो तथा खोकिको परिक्षणका लागी छुट्टै फाष्ट डेस्क सञ्चालन गरेकाले अस्पताल आएका अधिकांश बिरामीको सम्बोधन त्यसैबाट हुने उनले बताए । दैनिक रुपमा अस्पताल आउने ५०-६० जना बिरामीहरू फाष्ट डेस्कमा परिक्षण पछि मात्रै अस्पताल भित्र प्रबेश गर्ने ब्यबस्था मिलाएकाले सुरक्षित तबरले नियमित सेवा प्रबाह भैरहेको उनले बताए । हाल दैनिक सञ्चालन हुने बहिरङ सेवा बन्द भएकोले बिरामीको संख्यामा कमी आएको बताए ।
हाल अस्पतालबाट प्रबाह हुने दैनिक बहिरङ सेवा बन्द रहेकाले अत्याबश्यक बिरामीहरू मत्रै अस्पताल आउन आग्रह गरेको हो । अस्पतालबाट अरु भाईरसको संक्रमण हुन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको हो । अस्पतालमा गर्भवती सेवा भने जारी रहेको बताईएको छ । सुत्केरी सेवा तथा गर्भवती परिक्षणको लागी भने निरन्तर तोकिएको समयमै अस्पताल आउन त्रिशुली अस्पताल नुवाकोटका मेडिकल सुपरिेटेन्डेण्ड डा. रेमकुमार राईले बताए ।
१९ बैशाख २०७७, शुक्रबार १५:०३