पिसिआर मेसिनको माग

विदुर । जिल्लामै स्वाब परिक्षणका लागी पिसिआर मेसिन खरिद गरी सञ्चालनका लागि नुवाकोटबाट बागमती प्रदेशलाई माग भएको छ ।

कोभिड १९ संकट ब्यबस्थापन केन्द्रको मंगलवार सम्पन्न बैठकले नुवाकोट, रसुवा र धादिङ्ग जिल्लाको कोरोना परिक्षणका लागि त्रिशुली अस्पतालमा ल्याव सञ्चालन गर्ने गरी प्रस्ताव गएको छ । अघिल्लो महिना गठन भएको सम्भाव्यता अध्ययान समितिले प्रतिवेदन बुझाएसंगै यसको सुरुवात भएको हो । त्रिशुली अस्पताल र स्वास्थ्य कार्यालय नुवाकोटले ल्याव सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरेको थियो ।

नुवाकोटका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलको अध्यक्षतामा सम्पन्न संकट ब्यवस्थापन केन्द्र सिएमसीको बैठकले त्रिशुली अस्पताललाई ३० बेडको आइसोसेलन बनाउने निर्णय गरेको छ । त्यस्तै खरानीटार अस्पतालमा दुई बेड थप गरेर आइसोलेसनको संख्या १० पु¥याइने छ । त्रिशुलीमा रहेको शैक्षिक तालिम केन्द्रमा पनि आइसोलेसन सञ्चालन हुने भएको छ । त्यहाँ २५ बेडको आइसोलेसन रहने प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले जानकारी दिएका छन् ।

१७ असार २०७७, बुधबार २१:३१



तपाईको प्रतिक्रिया