रसुवा । रसुवामा पहिलो पटकमै ९ जना कोरोना संक्रमित भेटिएसँगै सुरक्षा सतर्कता अपनाईएको छ ।
जिल्ला भित्रिने सबै सबारीसाधन तथा ब्यक्तिहरुमा कडाई गरेको रसुवा प्रशासनले जनाएको छ । कोरोना भाईरसको संक्रमण ७६ जिल्लामा फैलिरहदा रसुवामा भने फैलिएको थिएन । कुबेत र भारतबाट आएका ब्यक्तिमा पहिलो पटक संक्रमण पुष्टि भएसँगै जिल्ला भित्र स्वास्थ्य सतर्कता अपनाएको स्वाथ्य कार्यालय रसुवाले जनाएको छ ।
यस्तै, रसुवामै पिसिआर परिक्षण गर्ने मेसिनको खरिद प्रकृया समेत अगाडी बढेको छ । स्थानिय पुर्बाधार बिकास कार्यक्रम र स्थानिय तहको सहकार्यमा श्रोत संकलन गरि मेसिन खरिद प्रकृयामा लागेको स्वास्थ्य कार्यालय रसुवाले जनाएको छ ।
जिल्ला भित्र संक्रमण फैलिन नदिन परिक्षणको दायरा बढाउदै लैजाने रसुवा प्रशासनको योजना रहेको छ । स्वास्थ्य कार्यालय मातहत रहने गरि सञ्चालन हुने पिसिआर परिक्षणमा रसुवाको ५ वटै गाँउपालिकाले सहकार्य गर्ने बताईएको छ । खरिद तथा सञ्चालनको लागी ठुलो खर्च लाग्ने भएकाले प्रदेशसँग समेत समन्वय गर्ने बताईएको छ ।
१७ असार २०७७, बुधबार २२:१०