तादी । नेपाल पर्यटन बोर्ड र रसुवा नुवाकोट पर्यटन समाजले काठमाडौंदेखि गोसाईकुण्ड पुग्ने पदमार्गको सम्भाब्यता अध्यन गर्न थालेका छन् । उनीहरु नुवाकोटको बागमारा हुँदै गोसाइँकुण्ड जानेछन् ।
काठमाडौंबाट नुवाकोट हुँदै गोसाइँकुण्डको नयाँ पदमार्ग अध्ययनको लागि टोली बूढानीलकण्ठबाट प्रस्थान गरेको हो । रसुवा नुवाकोट पर्यटन समाजका बरिष्ठ उपाध्यक्ष शिव लामिछाने नेत्तृत्वको ६ सदस्यीय टोलीले ८ दिनको भ्रमण गरी सम्भाव्यता अध्ययन गर्नेछ । टोलीमा समाजका सदस्यहरु दिनेश तामाङ, गगनराज न्यौपाने, उर्जा तामाङसहित पत्रकार अशोक शिलवाल र सुरेन्द्र राना छन् ।
प्रकृतिक सौन्दर्यताले भरिपुर्ण रहेको रसुवाको एतिहाँसिक धार्मिक स्थल गोसाईकुण्ड पुग्ने नयाँ पदमार्गको प्रचार प्रसार गर्दे पर्यटकिय गन्तब्यको रुपमा बिकसित गर्ने नेपाल पर्यटन बोर्डको उद्देश्य रहेको छ । गासाईकुण्ड जाने पदमार्गको बिकास र काठमाण्डौबाटै हिडेरै जाने ब्यबस्था मिलाउन आबाश्यक बिषयको अध्ययन भ्रमण टोलीले गर्ने छ ।
१७ असार २०७७, बुधबार २२:१८