छ वर्ष देखि जारी महाहन्ट अपेसन


रसुवा । लाङटाङ राष्ट्रिय निकुञ्जको कार्यालयले चार महिनाको महाहन्ट अप्रेसनबाट निकुञ्ज क्षेत्रमा चार हजार दुई सय ८६ वटा गस्ती सञ्चालन गरेका छन् ।

सहायक निकुञ्ज संरक्षण अधिकृत एवं सूचना अधिकारी भुपेन्द्रप्रसाद यादवका अनुसार निकुञ्ज तथा मध्यवर्ती क्षेत्र रहेका वन, वनस्पती तथा वन्यजन्तु संरक्षणका निकुञ्ज प्रशासन लगाएत निकुञ्जको सुरक्षार्थ खटिएका अबैध गतिविधि नियन्त्रणका लागी ६ वर्ष देखि महाहन्ट अप्रशेन शुरु भएको हो ।

यसले निकुन्जको सहकार्यमा ठुलो सहयोग पुगेको छ । २०७६ फागुन एक गतेबाट सुरु भई २०७७ जेठ ३२ गते सम्म निकुञ्ज अन्तर्गत जिल्लाको बृद्धिम, खाम्जीङ, नुवाकोटको घ्याङफेदी सिन्धुपाल्चोकको नेसमपाटी र भोताङ क्षेत्र गरी ४ स्थानमा अपरेसन महाहण्ट–६ सञ्चालन भई चार हजार दुई सय ८६ वटा गस्ती बाट विभिन्न क्रियाकलापमा सम्लग्न ४० जना व्यक्तिहरुलाई विभिन्न सामग्री सहित पक्राउ गरी नियमानुसार कारावाही समेत गरिएको यादवले बताए ।

समुन्द्री सतह बाट एक हजार मिटर देखि दुई सय ४५ मिटर उचाई सम्म रहेको यस निकुन्ज जैविक, धार्मिक, तथा संस्कृतिक रुपमा नै धनी छ । रसुवा ५७ प्रतिशत, नुवाकोट ७ प्रतिशत र सिन्धुपाल्चोक ३६ प्रतिशत गरी १७ सय १० वर्ग किमि क्षेत्रफलमा फैलिएको पहिलो हिमाली निकुन्जको रुपमा परिचित छ ।

यस निकुन्ज अन्तर्गत मध्येवर्ती क्षेत्र ४२० वर्ग किमिमा फैलिएको छ । यस निकुन्ज भित्र ४६ प्रजातिका स्तन धारी वन्यजन्तु देखि लिएर १० हजार २१ प्रजातिका वनस्पती समेत पाइन्छ । भने वन्दा वन्दीको समयमा पनि निकुन्ज क्षेत्र भित्र विभिन्न अबैध गतिविधिहरु सन्चालन भइरहेकोमा निकुन्ज प्रशासन नेपाली सेना तथा मध्यवर्ती क्षेत्र उपभोक्ता समितिहरुको उपस्थितिमा दैनिक गस्ती तथा जन सचेतना स्कुल कार्यक्रमहरु समेत नियमित रुपमा सञ्चालन भएका छन् ।

नेपालको दोस्रो पर्यटकिय स्थलको रुपमा रहको संघिय राजधानी काठमाण्डौ देखि सबै भन्दा नजिकमा रहेको हिमाली राष्ट्रिय निकुन्ज २०३२ साल चैत्र ९ गते स्थापना भएको हो ।

१७ असार २०७७, बुधबार २२:२२



तपाईको प्रतिक्रिया