बल्लबल्ल आइपुग्यो मोटरसाइकल

विदुर । असार १० गते तारकेश्वर गाउँपालिकाको गाउँसभाको समाचार संकलनका लागि पत्रकारले चढेर गएको मोटरसाइलका आइतवार विहान मात्रै विदुर आइपुगेको छ ।

१० गते पत्रकारलाई दुव्र्यबहार, क्यामेरा तोडफोड र हाँतखुट्टा भाँच्ने धम्कीका कारण राती १२ बजे प्रहरीको गाडीमा पत्रकार विदुर फर्किएका थिए । टिभि त्रिशुलीका समाचार प्रमुख सुजित भण्डारीलाई हातपात गर्दै गाउँसभा छायाङ्कन भइरहेको क्यामेरा वडाअध्यक्षहरुले तोडफोड गरेका थिए ।

१० गते दिनभरि पत्रकारहरुलाई बाहिर निस्कन समेत नदिएर उनीहरुले मानसिक त्रासमा राखेका थिए । शौचालय जानसमेत प्रहरीको सहायतमा माग्नुपर्ने अवस्थाको सृजना गराएका काँग्रेसका वडा अध्यक्षहरु दयानिधि अधिकारी, सुर्यमान श्रेष्ठ र ज्ञानेन्द्र तामाङका कारण पत्रकारले समाचारा संकलन गर्न समेत पाएका थिएनन् ।

१० गते राती १२ बजे प्रहरीको गाडी चढेर पत्रकार भण्डारी विदुर आइपुगेका थिए । आफ्नो सवारी साधन (मोटरसाइकल)मा आउन नसक्ने अवस्थामा र व्यक्तिगत रुपमै इंकित गरेर आक्रमणको प्रयास भएपछि मोटरसाइकलको साँचो गाउँपालिकाको कार्यालयमा जिम्मा लगाएर उनी फर्किएका थिए । आइतवार विहान साढे नौं बजे तारकेश्वर गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत माधव घिमिरेले सो मोटरसाइकल विदुर ल्याई पत्रकार भण्डारीलाई हस्तान्तरण गरेका छन् ।

मोटरसाइकल नम्वर नै ‘नोट’ गरेर क्षती पु¥याउने योजनामा बसेका काँग्रेसका नेता तथा कार्यकर्ताहरुका कारण १० गतेदेखि आइतवार विहानसम्म भण्डारीले प्रयोग गर्ने मोटरसाइकल गाउँपालिकाको कार्यालयले लुकाएको थियो । गाउँपालिकाका प्रमुख प्रशासकिय घिमिरे आफैले मोटरसाइकल चलाएर ल्याई पत्रकार भण्डारीलाई हस्तान्तरण गरेर फर्किएका छन् ।

१८ असार २०७७, बिहीबार ११:००



तपाईको प्रतिक्रिया