गल्छी रसुवागढी आयोजनाको काम तिब्र

विदुर । गेम चेन्जर प्रोजेक्टका रूपमा निर्माण भइरहेको गल्छी—त्रिशूली—मैलुङ–स्याफ्रुवेंशी—रसुवागढी आयोजनाको काम तिब्र भएको छ ।

सडकको बिचमा पर्ने पुल तथा कालोपत्रे गर्ने कामलाई आयोजनाले तिब्र बनाएको छ । विश्वव्यापी संक्रमणका रूपमा फैलिएको कोरोना भाइरसका कारण अधिकांश ठाउँमा कामदारको अभावमा केही समय निर्माणको गतिविधि रोकिए पनि अहिले सुचारु भएका छन् ।

राष्ट्रिय गौरवको आयोजना भन्दा माथिल्लो दुईवटा सडक मध्येको गल्छी–त्रिशूली मैलुङ स्याफ्रुवेंशी—रसुवागढी योजनाभित्रको गल्छीदेखि मैलुङसम्मको आठवटा पक्की पुल निर्माणले तीव्रता पाएको हो । यो योजना अन्तर्गत ११ वटा पुनर्निर्माण हुनेछ ।

सरकारले पृथ्वी राजमार्गलाई चार लेनको र गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुवेंशी–रसुवागढी सडकको शहरी क्षेत्रको बट्टार विदुर ढुङ्गेमा चार लेन र अन्य भागमा डबल लेन निर्माण गर्ने गरी गेमचेन्जर प्रोजेक्टका रूपमा छनोट गरेको हो ।

स्थानीय कामदार, भएका कारण आवश्यक सामग्री जुटाएसँगै पुल निर्माणको कामले तीव्रता पाएको गल्छी—त्रिशूली—मैलुङ—स्यफ्रुवेंशी—रसुवागढी सडक आयोजनाका प्रमुख नारायणदत्त भण्डारीले बताउनुभयो । गल्छीदेखि मैलुङसम्मका ११ स्थानमा पुल निर्माण गर्नुपर्ने भए पनि अहिले आठ स्थानमा मात्र पुल निर्माणको काम शुरू भएको छ ।

आयोजनाको स्तरउन्नतीमा स्थानिय कामदारहरु परिचालन गरिएको छ । अहिले पुल निर्माणका साथै गल्छिदेखि सडकमा डबल कोटेड पिच गर्ने काम समेत भईरहेको छ । लकडाउनको समयमा कम सबारी गुडेको अबस्थामा आयोजनाको काम प्रभाबकारी रुपमा अगाडी बढेको हो ।

२१ असार २०७७, आईतवार ११:१७



तपाईको प्रतिक्रिया