आयोजनका कामदार लखेटिए

विदुर । गल्छी–त्रिशुली–मैलुङ्ग–रसुवागढी सडक स्तउन्नती आयोजनाको कार्यशैलीको विरोध गर्दै विदुर नगरपालिका वडा नंं. १० गेर्खुटारका नागरिकहरुले कार्यस्थलमा धान रोपाई गरेका छन् ।

आइतवार शुभघाटमा नालीको काम गरिरहेका कामदारहरुलाई लखेटेर स्थानीयहरुले काम गरिरहेको जमिनमा धान रोपाई गरेका छन् । आफ्नो जमिन आयोजनालाई नदिने र खेतीगर्ने भन्दै धान रोपाई गरेको विदुर नगरपालिका वडा नं. १० का सदस्य विष्णुप्रसाद प्याकुरेलले बताए ।

अदातलले मुआब्जा दिएर मात्रै काम थाल्नु भन्दाभन्दै आयोजनलो जर्वजस्ती गर्न थालेको स्थानीयहरुहरुको भनाई छ । अदालतको आदेश अवज्ञा गरी आफ्नो नाममा रहेको जमिनमा आयोजनाले पर्खाल लगाउन खन्न थालेपछि त्यही खेतका गरा बनाएर स्थानीयहरुले धान रोपाई गरेका छन् । स्थानीय कृष्णप्रसाद प्याकुरेलका अनुसार काम गर्न आएका ३५ जना कामदारलाई त्यहाँबाट लखेटिएको छ ।

सडकले चर्चिने जग्गाको मुआब्जा दिएर मात्रै काम गर्न झण्डै सात महिना अघि अदालतले आयोजनाको नाममा आदेश गरेको छ । त्यसका लागि आवश्यक सूचना आयोजनाले जारी गरेपनि मुआब्जा प्राप्त नभएको स्थानीयहरुले बताएका छन्

२२ असार २०७७, सोमबार १२:१५



तपाईको प्रतिक्रिया