विदुर । होटल तथा रेष्टुरेण्ट ब्यबसायी संघ नुवाकोटले १४ बुँदे माग राख्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ ।
महासंघको कार्यक्रम अन्तर्गत ७७ वटै जिल्ला र ७ प्रदेशमा सरकारको ध्यानाकर्षण गराएको हो । कोरोना भार्यरसको प्रकोपका कारण सबै भन्दा बढि होटल क्षेत्र प्रभाबित भएको भन्दै सहज र सहुलियतको माग गर्दै राज्यको ध्यानाकर्षण गराएको हो ।
होटल तथा रेष्टुरेण्ट ब्यबसायी संघ नुवाकोटले होटल सञ्चालन नँहुदा घरभाडा तिर्न नसकेको, होटलमा रहेका कर्मचारी ब्यबस्थापनमा असहज भएको, राज्यले कुनै पनि क्षेत्रमा सहुलियत नदिएको भन्दै प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएको हो । संघका अध्यक्ष मधुसुदन थपलियाले प्रजिअ द्रोण पोखरेललाई ज्ञापन पत्र हस्तान्तरण गरेका हुन् ।
ब्यबसायीहरुले लकडाउनका कारण ३ महिना पुर्ण रुपमा बन्द गरेको होटल अहिले पनि खोल्ने अबस्था नरहेको भन्दै आपत्ति जनाएका छन् । ठुलो जनशक्तिको ब्क्यबस्थापन ब्यबसायिहरु आफैले गर्दै आएकाले समस्याले चर्को रुप लिन थालेको ब्यबसायीहरुको भनाई छ । अहिले होटल तथा रेष्टुरेण्ट ब्यबसायीहरुको मागलाई राज्यले सम्बोधन नगरेमा नेपालभर रहेका सबै होटलहरुको साँचो प्रशासन कार्यालयमा बुझाउने तयारी रहेको होटल तथा पर्यटन ब्यबसायी महासंघ बागमती प्रदेशका अध्यक्ष सन्तोष उप्रेतीले बताए ।
२२ असार २०७७, सोमबार १२:२०